Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

माग अनुसार उत्पादन नबढ्दा कफीको आयात उकालो लाग्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
माग अनुसार उत्पादन नबढ्दा कफीको आयात उकालो लाग्दै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले माग अनुसार उत्पादन वृद्धि नहुँदा विगत केही वर्षदेखि कफीको आयात निरन्तर बढिरहेको जनाएको छ । २२औं राष्ट्रिय कफी दिवसका अवसरमा मंगलबार काठमाडौंको कीर्तिपुरमा मूल समारोहको आयोजना गर्दै बोर्डले स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको बढ्दो मागकाबीच माग अनुसार उत्पादन वृद्धि नहुँदा विगत केही वर्षदेखि कफीको आयात निरन्तर बढिरहेको जनाएको हो । आर्थिक बर्ष २०८२/८३ मा नेपालमा ७९० मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको तथ्याङ्क छ । त्यस्तै सोहि आर्थिक बर्षमा १९ करोड ४७ लाख बराबरको २५९ मेट्रिक टन कफी नेपालमा आयात हुँदा १४ करोड ४९ लाख रूपैयाँ बराबरको ७० दशमलव ९ मे.टन मात्रै कफी निर्यात भएको बोर्डले जानकारी दिएको छ । आगामी दिनमा व्यवसायिक कफी उत्पादन बढाउन प्रमुखताका साथ युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको बोर्डको भनाइ छ । कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्रले सरकारले चिया तथा कफी क्षेत्रलाई प्राथमिकता राखेको भन्दै चिया कफी बोर्डलाई आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए । नयाँ क्षेत्रमा कफी विस्तार गर्दा पहिलो वर्ष डेमोस्ट्रेशन प्लटहरू बनाउने र त्यसबाट फल्ने वा नफल्ने तथा किसानमा आत्मविश्वास विकास गर्ने हिसाबले काम अगाडि बढाइने उनले बताए । विगतका वर्षहरूमा कफी दिवसकै अवसर पारेर कच्चा कफीको मूल्य सार्वजनिक गरी कार्यान्वयनमा ल्याइदै आएकोमा यस वर्ष प्राविधिक र प्रक्रियागत विषयवस्तु टुंग्याउन बाँकी रहेको कच्चा कफीको मूल्य सार्वजनिक गर्न नसकिएको बोर्डले जनाएको छ । ‘उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार, नेपाली कफीको विश्व बजारमा विस्तार’ भन्ने नाराका साथ राष्ट्रिय कफी दिवस मनाइएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?
Latest NewsJust now

कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?

विगतमा महामन्त्रीअन्तर्गत रहेका कतिपय अधिकारसमेत यस महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा ल्याइएको छ । त्यति मात्र होइन, सभापतिको तजबिजी अधिकारसमेत विधानमै व्यवस्था गरेर वरिष्ठ उपसभापतिमातहत ल्याइएको छ । ...

कान्तिपुर
कर सप्ताह सुरु
Latest NewsJust now

कर सप्ताह सुरु

काठमाडौँ, मङ्सिर १ गते । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यस... ...

गोरखापत्र
बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता
Latest NewsJust now

बाढीपीडितकाे व्यवस्थापनमा सरकारकाे बेवास्ता

काठमाडौँ। गत भदौ १० मा भोटेकोशी बाढीबाट विस्थापित विदुर नगरपालिका १ त्रिशूली बजारका बाढीपीडित नागरिकहरू नेपाल विद्युत् प्राधिकरणको जग्गामा बसोबास गर्न थालेका छन् । सरकारले विस्थापितको पुनःस्थापनामा बेवास्ता गरेपछि पीडितहरू... ...

रातोपाटी
सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते
Latest NewsJust now

सिन्धुलीमा विङ्गर दुर्घटना, १० भन्दा बढी घाइते

सिन्धुली । सिन्धुलीको खुर्कोट नजिकै जनकपुरबाट काठमाडौं आउँदै गरेको विङ्गर गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार आज दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play