Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

माग्रीभिरको कडा चट्टान छिचोलियो, सडक सञ्जालमा पहुँच हुने आशा

Share:WhatsAppFacebookX (Twitter)Telegram
माग्रीभिरको कडा चट्टान छिचोलियो, सडक सञ्जालमा पहुँच हुने आशा
Photo / Coverage: केन्द्रबिन्दु

मुगु । गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ । नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको सडक पहुँचको वर्षौंदेखिको सपना साकार हुने आशा बढेको हो । कडा र चुनौतीपूर्ण चट्टानका कारण सडक निर्माणमा कठिनाइ हुँदै आएको माग्रीभिर छिचोलिएसँगै अब माथिल्लो क्षेत्रमा सडक खन्न सहज हुने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । यसलाई दुर्गम कार्मारोङ्ग गाउपालिकालाई सडक सञ्जालसँग जोड्ने अभियानमा महत्त्वपूर्ण प्रगतिका रूपमा लिइएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार नेपाली सेनाको सहयोगमा कडा चट्टान छिचोल्ने काम सम्पन्न भएको हो । चट्टान काट्ने काम सकिएपछि त्यसको माथिल्लो क्षेत्रमा सडक निर्माण गर्न सहज हुने उनले बताए । चालु आर्थिक वर्षभित्रै पुलुसम्म सडक खन्ने लक्ष्यका साथ काम भइरहेको महताराले जानकारी दिए । उनका अनुसार उक्त सडक निर्माणका लागि रु १५ करोडको ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ । गमगढी-नाक्चेलाग्ना सडक मुगुको उत्तरी क्षेत्रका बासिन्दाको आवागमन सहज बनाउने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने तथा सीमावर्ती क्षेत्रसँगको सम्पर्क विस्तार गर्ने महत्त्वपूर्ण सडक हो । माग्रीभिरको कडा चट्टान छिचोलिएसँगै सडक निर्माणले गति लिने र मुगुवासीको चिनसँग व्यापार गर्ने सपना पनि पूरा हुने अपेक्षा गरिएको छ । नेपाल चिन जोड्ने गमगढी-नाक्चेलाग्ना नाका सडक निर्माण गर्न सुरु गरेको २१ वर्षमा १८ किमी मात्र ट्याक खोलिएको छ । मुगु जिल्लामा पर्ने चीनसँग जोडने यो सडक विसं २०६२ देखि नेपाल सरकारले औपचारिक रूपमा निर्माण सुरु गरेको थियो । मुगु सदरमुकाम गमगढी बजारबाट चीनसँगको सिमाना नाक्चेलाग्नासम्म ९६ किमी दूरी रहेपनि सडक निर्माण सुरु भएको २१ वर्षमा १८ किमी ट्याक खोलिएको सडक डिभिजन कार्यालयका प्रमुख महताराले जानकारी दिए । नेपालका चिनसँग जोडिएका १४ परम्परागत सिमानामध्य जिल्ला सदरमुकामबाट चिनको सिमानासम्म दुरिका हिसावले यो नाका अन्य नाकाभन्दा छोटो मानिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति
Latest NewsJust now

न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति

नेपाल बार एसोसिएसनले न्यायपालिकासम्बन्धी पछिल्ला विवाद र समग्र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन एक महिनाको समयसीमा तोकेर समिति गठन गरेको छ । ...

कान्तिपुर
इनम सापकोटासँग न्यायाधीशको कनेक्सन प्रकरणमा तथ्य सङ्कलन गर्न बारले बनायो समिति
Latest NewsJust now

इनम सापकोटासँग न्यायाधीशको कनेक्सन प्रकरणमा तथ्य सङ्कलन गर्न बारले बनायो समिति

काठमाडौँ । नेपाल बार एसोसिएसनले बिचौलिया इनम सापकोटासँग न्यायाधीश मुछिएको प्रकरणमा तथ्य सङ्कलन र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ। बार एसोसिएसनको सोमबार बसेको केन्द्रीय कार्यसमिति र... ...

रातोपाटी
९ अर्बमा चिनियाँ र भारतीय कम्पनीले पाउँदै बागमती–पथलैया सडक निर्माणको जिम्मा
Latest NewsJust now

९ अर्बमा चिनियाँ र भारतीय कम्पनीले पाउँदै बागमती–पथलैया सडक निर्माणको जिम्मा

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती–पथलैया खण्डको बागमती–पथलैया सडकको स्तरोन्नतिको जिम्मा चिनियाँ र भारतीय कम्पनीले पाउने भएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले बागमती–पथलैया सडक खण्ड विस्तारका लागि चिनियाँ र भारतीय कम्पनी छनोट भएको जानकारी दिएको हो। ५३ किलोमिटर सडक खण्डलाई दुई... ...

नेपालखबर
मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?
Latest NewsJust now

मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?

विराटनगर । झण्डै एक महिना अगाडि (असोज १९ गते) प्रधानमन्त्री बालेन्द्र शाहले देशभर हालसम्म ५ हजार ७३७ लालपुर्जा वितरण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाले । जग्गा वितरणका विभिन्न पृष्ठभूमि केलाउँदै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play