Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

महेश बस्नेतको टिप्पणी- ‘यो सरकारलाई नयाँ वर्ष देख्न दिनुहुँदैन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
महेश बस्नेतको टिप्पणी- ‘यो सरकारलाई नयाँ वर्ष देख्न दिनुहुँदैन’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारलाई आगामी नयाँ वर्षसम्म टिक्न दिन नहुने बताएका छन् । एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले सरकारको आयु लामो नरहने दाबी गरेका हुन् । उनले वर्तमान सरकारलाई हटाउन एमालेले अन्य राजनीतिक दलसँग आवश्यकताअनुसार सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित बनाउने बताए । उनले भने, ‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको, सहकारी ठगी लगायतका आपराधिक कर्ममा संलग्न पार्टी र त्यसका नेताहरू रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन ।’ बस्नेतले एमालेले आफ्नो संगठनलाई मजबुत बनाउँदै स्थानीय कमिटीहरू परिचालन गर्ने र स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने पनि बताए । यसैगरी, वर्तमान सरकारको नौमहिने कार्यकाललाई बालेनको असफल कार्यकालको संज्ञा दिँदै बस्नेतले सरकार अधिनायकवाद, निरंकुशता र प्रतिशोधको बाटोमा अघि बढेको आरोपसमेत लगाए । उनले भने, ‘यो नौमहिने कार्यकाल बालेनको असफल कार्यकाल हो । यो अधिनायकवादतर्फको यात्रा हो, निरंकुशतातर्फको यात्रा हो र प्रतिशोधतर्फको यात्रा हो ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै
Latest NewsJust now

कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन् । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद सम्मेलनमा सहभागी हुन लागेका हुन् । टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म […] ...

लोकपथ
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत ...

केन्द्रबिन्दु
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि […] ...

मकालु खबर
भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित
Latest NewsJust now

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play