Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

महिला हिंसाविरुद्ध एकजुट हुँदै सुरक्षा र न्यायको आवाज

Share:WhatsAppFacebookX (Twitter)Telegram
महिला हिंसाविरुद्ध एकजुट हुँदै सुरक्षा र न्यायको आवाज
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । लैंगिक हिंसा प्रभावित महिला तथा किशोरीहरूको संरक्षण, न्यायमा पहुँच र मानसिक तथा भावनात्मक तनाव व्यवस्थापन गर्ने उद्देश्यले महिला सुरक्षा दबाव समूहले सामाजिक मनोपरामर्श तालिम तथा लैंगिक हिंसा प्रभावित महिलाहरूका चुनौती र सफलताका कथासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित कार्यक्रममा हिंसा प्रभावित चार जना किशोरी तथा महिलाले आफूले भोगेका हिंसा, संघर्ष, चुनौती र त्यसबाट बाहिर निस्कँदै हासिल गरेका सफलताका अनुभव सुनाएका थिए । उनीहरूका अनुभवले हिंसापीडित महिलाले भोग्नुपरेका सामाजिक, मानसिक तथा भावनात्मक समस्याका साथै न्याय र पुनःस्थापनाका चुनौतीलाई उजागर गरेको थियो । कार्यक्रममा महिला सुरक्षा दबाव समूहकी संस्थापक तथा सल्लाहकार कल्याणी शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । संस्थाकी अध्यक्ष इरादा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमला उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य बिमला तुम्खेवाले गर्नुभएको थियो । पीडित महिलाका अनुभव तथा चुनौतीमाथि छलफल गर्न आयोजित प्यानल संवादमा कानुनी सहयोगी तथा परामर्श केन्द्रकी कार्यकारी निर्देशक अनिता थपलिया, महिला मानव अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा प्रतिनिधि मनोज डंगोल तथा प्रहरी वृत्त मालीगाउँका प्रहरी निरीक्षक गणेश खनाल सहभागी हुनुहुन्थ्यो । उहाँहरूले हिंसा प्रभावित महिलाको संरक्षण, कानुनी उपचार, न्यायमा पहुँच तथा हिंसा न्यूनीकरणमा सम्बन्धित निकायको भूमिका र जिम्मेवारीबारे धारणा राख्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रमा हिंसा प्रभावित महिलाहरूका लागि सामाजिक मनोपरामर्श कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक मनोपरामर्शविद् तारा उप्रेती र निर्जला भट्टराईले मानसिक तथा भावनात्मक तनाव कम गर्ने उपाय, हिंसाका कारण उत्पन्न मनोसामाजिक असरको व्यवस्थापन र दैनिक जीवनमा आइपर्ने तनावसँग जुध्ने विधिबारे सहजीकरण गर्नुभएको थियो । उहाँहरूले तनाव व्यवस्थापनका विभिन्न व्यावहारिक तथा प्रयोगात्मक विधिसमेत सहभागीलाई अभ्यास गराउनुभएको थियो । हिंसाबाट प्रभावित महिलालाई मनोसामाजिक रूपमा सबल बनाउन र उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न मनोपरामर्शको महत्त्वपूर्ण भूमिका रहने विषयमा समेत जोड दिइएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागकी प्रमुख समीक्षा निरौला, कर्मचारी भवानी कपाली, काठमाडौं महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दलबहादुर कार्की, वडा प्रतिनिधि मनोज डंगोल, प्रहरी वृत्त मालीगाउँका प्रहरी निरीक्षक गणेश खनाल, सामुदायिक प्रहरीकी अस्मिता उप्रेती, महिला सुरक्षा दबाव समूहका पदाधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि तथा वडाका सीमान्तकृत महिलासहित ६८ जनाको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिकाको आयोजना तथा महिला सुरक्षा दबाव समूहको समन्वयमा सञ्चालन भएको कार्यक्रममा संस्थाकी महासचिव बैजयन्ती काकीले सहभागी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमले लैंगिक हिंसा प्रभावित महिलाका आवाजलाई सार्वजनिक बहसमा ल्याउनुका साथै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य, न्यायको सुनिश्चितता र मनोसामाजिक पुनःस्थापनाका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण
Latest NewsJust now

विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण

गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर ११ गते । भोटेकोशी हिमबाढीको विपत्बाट आमा वा बुवा वा दुवै अभिभावक गुमाएका शिशु तथा बालबालिकाका लागि सरकारले राज्यका तर्फबाट अभिभावकत्व दिने कार... ...

गोरखापत्र
लामो समयदेखि संवैधानिक इजलास प्रभावित
Latest NewsJust now

लामो समयदेखि संवैधानिक इजलास प्रभावित

काठमाडौं । विगत डेढ महिनादेखि सर्वोच्च अदालतको संवैधानिक इजलास गठन हुन नसक्दा अढाइ सय मुद्दाहरू प्रभावित भएका छन् । इजलास गठन गर्ने विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच मतभेद देखिएपछि संवैधानिक विवादसँग सम्बन्धित २४६ मुद्दाहरू प्रभावित भएका हुन् । प्रधानन्यायाधीश मनोजकुमार शर्माले पछिल्लो पटक गत २१ असोजमा संवैधानिक इजलास गठन गर्नुभएको थियो । तर, न्यायाधीश हरिप्रसाद फुँयालले इजलासमा बस्न नसक्ने बताएपछि सुनुवाइ ...

हिमालय टाइम्स
मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा
Latest NewsJust now

मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी तरिकाले रकम असुली गरी विदेश पठाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ । अनुसन्धान सुरु भएपछि भारत पुगेका उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरी उच्च स्रोतले उनलाई भारतबाटै नियन्त्रणमा लिएको बताए पनि प्रहरी मुख्यालयले भने नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । अर्याल पक्राउ ...

हिमालय टाइम्स
नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
Latest NewsJust now

नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपाल र युरोपबिच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारी थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ। यही नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युर... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement