Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

महासंघ र भारतको उद्योग परिसंघबीच समझदारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
महासंघ र भारतको उद्योग परिसंघबीच समझदारी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतको राजधानी नयाँदिल्लीमा भएको समझदारीपत्रमा भारतीय उद्योग परिसंघतर्फबाट सिआइआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजित सिंह साहनी र नेपाल उद्योग वाणिज्य महासंघतर्फबाट उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गर्नुभएको हो । महासंघका अनुसार कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य सेवा र राहतलाई प्राथमिकता दिइनेछ । जसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री (वास किट) वितरण र अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने योजना रहेको छ । समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित समुदायको तत्कालीन स्वास्थ्य तथा सरसफाइसम्बन्धी आवश्यकता पूरा गर्न तथा जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःस्थापना गर्न संयुक्तरूपमा कार्यक्रम सञ्चालन गर्नेछन् । महासंघका अनुसार कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य सेवा र राहतलाई प्राथमिकता दिइनेछ । जसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री (वास किट) वितरण र अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने योजना रहेको छ । स्वास्थ्य शिविरमार्फत् सामान्य स्वास्थ्य परीक्षण, मातृ तथा बाल स्वास्थ्य सेवा, बाढीपछि देखिन सक्ने पानीजन्य तथा अन्य संक्रामक रोगको पहिचान र उपचारमा सहयोग गरिनेछ । त्यसैगरी, प्रभावित समुदायका परिवारलाई व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी तथा रोगको संक्रमण रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराइनेछ । दुर्ईवटा अस्पताललाई अत्यावश्यक जीवनरक्षा सेवासहितका एम्बुलेन्स उपलब्ध गराउने प्रस्तावसमेत समझदारीपत्रमा समेटिएको छ । समझदारीअनुसार पहिलो चरणको स्वास्थ्य तथा राहत कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । जसका लागि प्रभावित क्षेत्रको स्थलगत आवश्यकता मूल्यांकन, लाभग्राही पहिचान, कार्यक्रम सञ्चालनस्थल निर्धारण तथा आवश्यक सरकारी स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ । कार्यक्रमको दोस्रो चरणमा बाढीबाट प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापनामा सहयोग गरिनेछ । जसअन्तर्गत कृषि, पशुपालन, साना व्यवसाय तथा स्थानीय सेवामूलक उद्यम पुनः सञ्चालनका लागि आवश्यक औजार, उपकरण, सीप विकास तथा व्यावसायिक तालिम उपलब्ध गराउने प्रस्ताव छ । त्यस्तै, बाढीबाट प्रभावित सूक्ष्म, लघु तथा साना उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि प्राविधिक सहयोग, वित्तीय पहुँचसम्बन्धी जानकारी, बजार सम्पर्क तथा नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तारमा सहकार्य रहेको छ । प्रभावित जिल्लाको स्थानीय आर्थिक पुनरुत्थान तथा विकास योजना निर्माणमा समेत सहयोग गर्ने समझदारी भएको छ । समझदारीअनुसार भारतीय उद्योग परिसंघले भारतीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय, कार्यक्रमका लागि आवश्यक स्रोत परिचालन र कार्यान्वयन साझेदार पहिचान गर्नेछ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा स्थानीय निकायसँग समन्वय, आवश्यक स्वीकृति तथा सहजीकरण, स्थानीय उद्योगी व्यवसायीको सहभागिता र कार्यक्रमको स्थानीय व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछ । कार्यक्रम बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । आवश्यकता र सम्भाव्यताका आधारमा गोरखा, बागलुङ तथा दोस्रो चरणको बाढीबाट प्रभावित मुस्ताङ र मनाङलगायत क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्न सकिने समझदारीपत्रमा उल्लेख छ । अन्तिम कार्यक्षेत्र भने स्थलगत अध्ययन र नेपाल सरकार तथा स्थानीय तहसँगको समन्वयमा निर्धारण गरिने बताइएको छ । सहकार्यले विपद्पछिको तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित परिवारको आयआर्जन, उद्यमशीलता र स्थानीय अर्थतन्त्रको पुनरुत्थानमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । एक वर्षका लागि लागू हुने समझदारीपत्रमा दुवै पक्षको आपसी सहमतिमा विशेष कार्यक्रम, स्रोत परिचालन तथा वित्तीय व्यवस्थासम्बन्धी थप सहमति छुट्टै गर्न सकिने व्यवस्था गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
Latest NewsJust now

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

• नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। • आज देशभर मौसम मुख्यतया सफा रहनेछ, तर राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। • तराई, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। ...

नेपालबहस
उग्रतारामा आज भव्य मेला लाग्दै
Latest NewsJust now

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि ...

नेपालन्युज
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन ...

हिमालय टाइम्स
प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement