Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मस्कको न्युरालिंकलाई मानव परीक्षणको निर्णायक चरण अघि बढाउन अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
मस्कको न्युरालिंकलाई मानव परीक्षणको निर्णायक चरण अघि बढाउन अनुमति
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । एलन मस्कको न्युरोटेक कम्पनी न्युरालिंकले मस्तिष्कमा जडान गरिने उपकरणको मानव परीक्षणलाई थप अघि बढाउन अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट अनुमति पाएको छ । कम्पनीले अमेरिकामा ‘लिङ्क’ नामक उपकरणको निर्णायक मानव परीक्षण सुरु गर्न अनुमति पाएको जानकारी दिएको हो । मस्तिष्क र कम्प्युटरबीच सीधा सम्पर्क स्थापित गर्ने प्रत्यारोपणयुक्त उपकरणको यो अमेरिकामा पहिलो निर्णायक मानव परीक्षण हुने कम्पनीको दाबी छ । यसअघि न्युरालिंकको मानव परीक्षण प्रारम्भिक चरणमा सीमित थियो । ती परीक्षणमा उपकरणको सुरक्षा र काम गर्ने क्षमताको अध्ययन गरिएको थियो । निर्णायक परीक्षणमा भने उपकरण सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने प्रमाण जुटाउन ठूलो स्तरमा अध्ययन गरिन्छ । तर, एफडीएको अनुमतिले उपकरण व्यावसायिक रूपमा बिक्री गर्न भने अनुमति दिएको छैन । यो अझै परीक्षणकै चरणमा छ । कम्पनीले परीक्षणमा सहभागी हुने व्यक्तिको सङ्ख्या र अवधि सार्वजनिक गरेको छैन । सन् २०१६ मा मस्कसहितका संस्थापकहरूले स्थापना गरेको न्युरालिंकले विकास गरेको ‘एन१’ चिप सिक्काको आकारको छ । यसलाई टाउकोको हड्डीभित्र प्रत्यारोपण गरिन्छ । कम्पनीको ‘आर१’ नामक विशेष रोबोटले शरीर चलाउने मस्तिष्कको भागमा अत्यन्तै मसिना तारजस्ता विद्युतीय उपकरण जडान गर्छ । व्यक्तिले कुनै काम गर्ने सोच बनाउँदा ती उपकरणले मस्तिष्कबाट निस्कने विद्युतीय सङ्केत टिप्छन् । कम्पनीको सफ्टवेयरले ती सङ्केतलाई बुझेर ताररहित माध्यमबाट फोन वा कम्प्युटरमा पठाउँछ । यसबाट प्रयोगकर्ताले सोचेकै भरमा कम्प्युटरको पर्दामा देखिने सङ्केतक चलाउन वा टाइप गर्न सक्छन् । तर, यो प्रविधि पक्षघात वा एएलएस रोगको उपचार होइन । यसले प्राकृतिक रूपमा शरीर चलाउने, संवेदना महसुस गर्ने वा बोल्ने क्षमता फर्काउँदैन । यो ती क्षमता गुमाएका व्यक्तिलाई विद्युतीय उपकरण प्रयोग गर्न सहयोग गर्ने प्रविधि हो । न्युरालिंकले सन् २०२४ जनवरीमा पहिलोपटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो । डाइभिङ दुर्घटनापछि काँधमुनिको भाग नचल्ने नोल्यान्ड अर्बाउ पहिलो सहभागी बनेका थिए । उनले सोचेकै भरमा अनलाइन चेस र भिडियो खेल खेलेका थिए । सन् २०२५ मा ब्राडफोर्ड स्मिथ मस्तिष्कबाट प्राप्त सङ्केतका आधारमा टाइप गर्ने पहिलो एएलएस रोगी बनेका थिए । हालसम्म विश्वभर मेरुदण्डमा चोट लागेका तथा एएलएस भएका ३० भन्दा बढी व्यक्तिमा यो प्रविधिको परीक्षण गरिएको कम्पनीले जनाएको छ । न्युरालिंकका अनुसार मांसपेशी कमजोर हुँदै पक्षघातसम्म गराउन सक्ने स्नायु प्रणालीसम्बन्धी रोग एएलएस भएका व्यक्ति पनि ‘लिङ्क’ परीक्षणमा सहभागी हुन योग्य हुन सक्छन् । तर, एएलएस रोग लागेको आधारमा मात्रै सहभागी हुन पाइने छैन । परीक्षणमा सहभागी हुने विस्तृत मापदण्ड सार्वजनिक गरिएको छैन । इच्छुक व्यक्तिले कम्पनीको परीक्षणसम्बन्धी वेबसाइटमार्फत आवेदन दिएपछि आवश्यक स्वास्थ्य परीक्षण र छनोट प्रक्रिया पार गर्नुपर्नेछ । The post मस्कको न्युरालिंकलाई मानव परीक्षणको निर्णायक चरण अघि बढाउन अनुमति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Latest NewsJust now

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को... ...

रातोपाटी
कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै
Latest NewsJust now

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका... ...

रातोपाटी
अशक्त हुनुको पीडा
Latest NewsJust now

अशक्त हुनुको पीडा

बझाङ समाचारदाताबझाङ, मङ्सिर ११ गते । केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहे... ...

गोरखापत्र
बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]
Latest NewsJust now

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]

बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement