काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उनको समेत संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी भएको छ। अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी हाल फरार छन्। उक्त प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि उनी सम्पर्कविहीन भएको बताइएकाे छ। यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्। यसअघि पनि सीआईबीले यही प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी छन्।
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण पनि तानिए, पक्राउ पुर्जी जारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






