काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो। यसअघि अदालतले उनीहरूलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै अदालतमा निवेदन दिएको थियो।
मलेसिया कामदार ठगी: दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






