Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मलेसियामा प्रतिघण्टा श्रम उत्पादकता ४.४ प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसियामा प्रतिघण्टा श्रम उत्पादकता ४.४ प्रतिशतले वृद्धि
Photo / Coverage: केन्द्रबिन्दु

क्वालालम्पुर । मलेसियामा सन् २०२६ को तेस्रो त्रैमासिकमा प्रतिघण्टा श्रम उत्पादकता गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको छ। मलेसियाको तथ्यांक विभाग (डीओएसएम) का अनुसार प्रतिघण्टा उत्पादकता बढेर ४८.२ रिंगिट (करिब ११.७ अमेरिकी डलर) पुगेको छ । मलेसियाको अर्थतन्त्र ५.५ प्रतिशतले विस्तार हुनु तथा कुल काम गर्ने समय एक प्रतिशतले बढेर ९.७ अर्ब घण्टा पुग्नुले उत्पादकता वृद्धिमा योगदान गरेको विभागले जनाएको छ । रोजगारप्राप्त व्यक्तिपिच्छेको मूल्य अभिवृद्धिका आधारमा मापन गरिएको श्रम उत्पादकता पनि ४.२ प्रतिशतले बढेर २७ हजार ७८८ रिंगिट पुगेको छ ।क्षेत्रगत रूपमा उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी ६.९ प्रतिशत उत्पादकता वृद्धि भएको छ। निर्माण क्षेत्रमा ६.४, सेवा क्षेत्रमा ४.२ र कृषि क्षेत्रमा १.९ प्रतिशत वृद्धि भएको छ । तर खानी तथा उत्खनन क्षेत्रमा भने उत्पादकता पाँच प्रतिशतले घटेको छ । उत्पादकता वृद्धिलाई निरन्तरता दिन उच्च मूल्य अभिवृद्धि, स्रोतको प्रभावकारी उपयोग र नवप्रवर्तनमा जोड दिनुपर्ने विभागले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

• दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन्, जसमा पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडी समावेश छन्। • पुरुष फुटबलमा नेपाल आर्मी र लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ, जबकि महिला क्रिकेटमा बागमती र सुदूरपश्चिम, कोशी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। • पौडीका खेलहरू ११ विधामा हुनेछन् र औपचारिक उद्घाटन ...

नेपालबहस
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
Latest NewsJust now

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी, मङ्सिर ९ गते । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहानको राति १ बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर... ...

गोरखापत्र
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ...

लुम्बिनी सञ्चार
कालीमाटीमा घट्यो प्याजको भाउ
Latest NewsJust now

कालीमाटीमा घट्यो प्याजको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याजसहित केही तरकारीको भाउ घटेको छ। तर, च्याउ, लौका, गोलभेँडासहित कतिपय तरकारीको भाउ बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement