Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

मलेसियाको विमानस्थलमा नेपालीको यस्तो चर्तिकला

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसियाको विमानस्थलमा नेपालीको यस्तो चर्तिकला
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआईए) मा एक नेपालीले देखाएको असामान्य चर्तिकलाले यात्रु तथा सर्वसाधारणको ध्यान खिचेको छ। ५० वर्षीय ती नेपाली विमानस्थलको भवनमा रहेको झ्यालको फ्रेममा चढेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएका छन्। नोभेम्बर २८ मा अन्तर्राष्ट्रिय उडानतर्फको गेट जी–६ नजिक ती नेपालीले होहल्ला गर्दै सर्वसाधारणलाई असहज बनाएका थिए। त्यसपछि उनी विमानस्थलको स्याटेलाइट भवनको झ्यालको फ्रेममा चढेका थिए। स्थानीय समयअनुसार अपराह्न ४ बजेर ५६ मिनेटमा घटना भएको केएलआईए जिल्ला प्रहरी प्रमुख एसीपी एम रविले बताएका छन्। सुरक्षाकर्मीले उनलाई सम्झाइबुझाइ गरी नियन्त्रणमा लिएर टर्मिनल–१ को प्रहरी कार्यालय पुर्‍याएका थिए। प्रहरीका अनुसार ती व्यक्ति सोही दिन साँझ ६ बजे नेपाल फर्किने उडानका लागि विमानस्थल पुगेका थिए। घटनाका बेला उनीसँगै रहेका एक साथीले ती नेपाली केही महिनादेखि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको र उपचार गर्न अस्वीकार गर्दै आएको प्रहरीलाई बताएका छन्। प्रहरी प्रमुख रविका अनुसार उनलाई थप उपचारका लागि काजाङ अस्पतालको मनोरोग विभागमा भर्ना गरिएको छ। घटनाबारे नेपाली दूतावासलाई समेत जानकारी गराइएको छ। झ्यालको फ्रेममा चढेका व्यक्तिको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। प्रहरीले घटनाबारे अपुष्ट सूचना र अड्कलबाजी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद
Latest NewsJust now

पूर्वी नाकाबाट फर्सीको बियाँ तस्करी, १९ हजार किलो बियाँ बरामद

तेस्रो मुलुकबाट आयातित फर्सीको बियाँ पूर्वी सिमाना झापा हुँदै अवैध रूपमा भारत तस्करी हुने गरेको पाइएको छ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीले झापाका विभिन्न स्थानबाट ठूलो परिमाणमा फर्सीको बियाँ नियन्त्रणमा लिन थालेपछि तस्करीको नयाँ शृंखला बाहिर आएको हो। झापा र इलामको सिमाना मेचीनगर नगरपालिका-१ स्थित भालु खोपको जङ्गल क्षेत्रबाट ४८५ बोरा फर्सीको बियाँ बरामद गरि... ...

नेपालखबर
किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न

काठमाडौँ । वरिष्ठ नेपाली कलाकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी काठमाडौँस्थित रुसी हाउसमा सम्पन्न भएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल संवत् ११४७ को अवसरमा रुसी हाउस... ...

रातोपाटी
उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?
Latest NewsJust now

उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?

जेसी येयुङ । उत्तर कोरिया विश्वकै ‘गरिब’ र सबैभन्दा गोप्य राखिने देशमध्ये एक हो । त्यहाँका अधिकांश नागरिकलाई बाहिरी विश्वको पहुँच छैन । सीमित व्यक्तिसँग मात्र मोबाइल फोन र कम्प्युटरको सुविधा... ...

रातोपाटी
बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित
Latest NewsJust now

बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित

​सुर्खेत । घरेलु मैदान सुर्खेतमा जारी बक्सिङ प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले कम्तीमा दुई पदक सुरक्षित गरेको छ । ​प्रतियोगिताको महिला ८० किलोमाथि (हेभी वेट) तौल समूहमा कर्णालीकी टीका श्रेष्ठ फाइनलमा प्रवेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement