Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

ममता काफ्लेको हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममता काफ्लेको हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
Photo / Coverage: पर्दाफास

अमेरिका बस्ने नेपालीमूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । अमेरिकाको भर्जिनियास्थित अदालतले उनलाई मंगलबार दोषी ठहर गरेको हो । प्रिन्स विलियम काउन्टीको अदालतमा सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ । त्यति बेलासम्म भट्ट हिरासतमै रहनेछन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा काम गर्थे । सेती प्रादेशिक अस्पताल आसपासका दुई मेडिकलमा उनको लगानीसमेत थियो । व्यवसाय राम्रै चलिरहेका बेला उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए । अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले पुगेका उनी एक वर्षपछि २०७४ असारमा अमेरिकी सेनामा भर्ती भएका थिए । पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए । सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा बाँधिएका थिए । २०७७ मंसिर २५ गते विवाह गरेका उनीहरूको आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन् । करिब एक वर्षअघि उनीहरूले छोरीलाई जन्म दिएका थिए । ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो । जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन र सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएको थिएन । सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो । त्यसबेला नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा परिवारका सदस्यलाई भेट्न गएको हुन सक्ने बताएका थिए । तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले घरमा खानतलासी गरी नरेशलाई पक्राउ गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा कौडा खेल्ने १८ जना पक्राउ
OthersJust now

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ… ...

अनलाइन खबर
काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा
OthersJust now

काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१२ जना चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न कसुरमा सो संख्याका चालकहरूलाई कारबाही गरिएको हो। प्राप्त विवरणअनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाउने (मा.प.से.) १३६ जना कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ ...

पर्दाफास
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार आज ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ, सानो लोकल गोलभेडा २० रुपैयाँ र टनेल गोलभेडा ४० रुपैयाँ रहेको छ। आलुतर्फ रातो लाम्चो, रातो गोलो र रातो मुडे आलु प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
OthersJust now

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play