Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट, पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट, पूर्वाधार विकासमा सहकार्य गर्ने प्रतिबद्धता
Photo / Coverage: पर्दाफास

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबिच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको छ । राजदूत दलेलाले नेपाल सरकारका पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट गरी पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका हुन् । भेटका क्रममा दुवै पक्षले बहुआयामिक नेपाल-भारत साझेदारीलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय दूतावासका अनुसार भेटवार्तामा पूर्वाधार विकास र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ गहिरो बनाउने विषयलाई प्राथमिकता दिइएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सीमाको दूरी मेटाउँदै विगही नदी किनारमा साझा छठघाट, नेपाल–भारतका हजारौँ व्रतालु एकै ठाउँमा
OthersJust now

सीमाको दूरी मेटाउँदै विगही नदी किनारमा साझा छठघाट, नेपाल–भारतका हजारौँ व्रतालु एकै ठाउँमा

नेपाल र भारतको सीमाबीच बग्ने विही नदी यतिबेला छठ पर्वको उल्लासले झकिझकाउ बनेको छ । नदीको एक किनारमा नेपाल र अर्कोतर्फ भारत रहे पनि छठ पर्वले दुवै देशका नागरिकलाई एउटै सांस्कृतिक र धार्मिक सूत्रमा बाँधेको छ । महोत्तरीको मटिहानी नगरपालिका र धनुषाको तुलसीयाहीसँगै भारतीय सीमावर्ती बजार मधवापुर र रामपुरका स्थानीयवासी मिलेर विही नदी किनारमा करिब दुई किलोमिटर लामो आकर्षक छठघाट निर्माण ...

पर्दाफास
रुखबाट लडेर एक जनाको मृत्यु
OthersJust now

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ...

अनलाइन खबर
लागूऔषध सहित दुई जना पक्राउ
OthersJust now

लागूऔषध सहित दुई जना पक्राउ

२७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई एयरवेजबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर… ...

अनलाइन खबर
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र
OthersJust now

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अहिले पनि समुदायका नाममा चन्दा सङ्कलन गरेर छुट्टाछुट्टै पण्डाल बनाउने अभ्यास रहेको रौतहटस्थित वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेश पासवान बताउँछन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play