Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, स्वर्णिम दोस्रो र सोविता तेस्रो वरीयतामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, स्वर्णिम दोस्रो र सोविता तेस्रो वरीयतामा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम कायम गरिएको जनाएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो। १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्। नयाँ मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो वरीयतामा छन्। यसअघि सातौँ स्थानमा रहेकी गौतम नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा उक्लिएकी हुन्। त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ पाँचौँ वरीयतामा छन्। यसैगरी गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन्। नयाँ मर्यादाक्रमअनुसार सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार मन्त्रालय, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण मन्त्रालय, दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म
Latest NewsJust now

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनी व्यवस्था लागू गरेको छ । महानगरपालिकाले... ...

रातोपाटी
चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने
Latest NewsJust now

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने

बेइजिङ, मङ्सिर १० गते । चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी... ...

गोरखापत्र
भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
Latest NewsJust now

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच ...

केन्द्रबिन्दु
पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि
Latest NewsJust now

पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, सिर्जनात्मक लेखन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राइटर्स क्याम्प सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement