काठमाडँ। नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ। चितवन कोइ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते आफ्नो वार्षिकोत्सव मनाएको हो। कम्पनीका अनुसार सञ्चालन सुरु भएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई केबलकार सेवा प्रदान गरिसकेको छ। स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्दै आएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले केबलकार सेवाप्रति विश्वास, माया र साथ प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ। साथै, कम्पनीलाई यो उचाइसम्म पुर्याउन योगदान गर्ने कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारप्रति धन्यवाद ज्ञापन गरेको छ। त्यसैगरी, सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालय र सम्पूर्ण शुभेच्छुकप्रति कम्पनीले निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरेको छ। आगामी दिनमा यात्रुलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। The post मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






