Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मध्यपुर ठिमीमा पुसदेखि खेलकुद महोत्सव

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यपुर ठिमीमा पुसदेखि खेलकुद महोत्सव
Photo / Coverage: हिमालय टाइम्स

भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाले खेलकुद क्षेत्रको विकास, स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुसदेखि ‘मध्यपुर ठिमी खेलकुद महोत्सव-२०८३’ आयोजना गर्ने भएको छ । महोत्सवअन्तर्गत पहिलो प्रतियोगिताका रूपमा पुस ११ गतेदेखि बागमती प्रदेश अन्तरपालिकास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुनेछ । मध्यपुर ठिमी नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवअन्तर्गत सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिता र कार्यक्रम सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटअनुसार महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । मेयर कप फुटबल प्रतियोगिताको विजेताले १० लाख २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई दुई लाख ५० हजार रुपैयाँ मूल्यको मोटरसाइकल प्रदान गरिनेछ भने फेयर प्ले टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मध्यपुर खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका नगरपालिकाले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक नगरपालिकाबाट एउटामात्र टोली सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक नगरपालिकाले पुस ४ गतेभित्र टोली दर्ता गराइसक्नुपर्नेछ । दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ । प्रत्येक टोलीमा अधिकतम २० खेलाडी र पाँच जना अफिसियल गरी २५ जनासम्म सहभागी हुन पाउनेछन् । प्रारम्भिक दर्ताका क्रममा कम्तीमा १६ जना खेलाडीको नाम समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सहभागी टोलीले सम्बन्धित नगरपालिकाको आधिकारिक पत्र, खेलाडीको नागरिकता, जन्मदर्ता वा अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ । टोलीका प्रशिक्षक, सहायक प्रशिक्षक, टिम म्यानेजर र फिजियोथेरापिस्टलगायत अफिसियलको विवरणसमेत अनिवार्य गरिएको छ । प्रतियोगिता फिफाको प्रचलित नियमअनुसार सञ्चालन हुनेछ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर ठिमीको ऐतिहासिक, सांस्कृतिक र सम्पदायुक्त पहिचानलाई खेलकुदसँग जोडेर राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक, अनुशासित समाज र सक्षम युवा निर्माणको आधारका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ छ । नगरभित्र लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुर्‍याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । खेलकुद पूर्वाधार विकास, खेलमैदानको स्तरोन्नति, खेलाडीको क्षमता अभिवृद्धि र नियमित प्रशिक्षणलाई नगरपालिकाले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । उपप्रमुख विजयकृष्ण श्रेष्ठले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, धैर्यता र सामूहिक भावनाको विकास गर्ने उल्लेख गर्नुभयो । महोत्सवले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न स्थानीय तहबीच आपसी सद्भाव, मित्रता र सहकार्य अभिवृद्धि गर्ने उहाँको विश्वास छ । फुटबलबाट सुरु हुने महोत्सवमा भलिबल, बुद्धिचाल, कराते, तेक्वान्दो, उसु, आइकेकेएफ कराते, किक बक्सिङ, टेबलटेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नुकरलगायतका प्रतियोगिता समावेश गरिएका छन् । यी प्रतियोगिता राष्ट्रव्यापी, प्रदेशव्यापी, उपत्यकाव्यापी तथा नगरव्यापीस्तरमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । महोत्सवको प्रमुख लक्ष्य पर्याप्त अवसर, प्रशिक्षण र प्रोत्साहनको अभावमा आफ्नो क्षमता प्रदर्शन गर्न नपाएका खेलाडीलाई उपयुक्त मञ्च प्रदान गर्नु रहेको छ । विद्यालय तहदेखि नै खेलकुदलाई प्रोत्साहन गर्दै शैक्षिक संस्था, खेलकुद संघसंस्था, प्रशिक्षक, खेलाडी र अभिभावकसँग समन्वय तथा सहकार्य गर्ने नगरपालिकाको योजना छ । खेलकुद गतिविधिमार्फत् मध्यपुर ठिमीको पर्यटन र आर्थिक गतिविधि विस्तार गर्ने अपेक्षा पनि नगरपालिकाले गरेको छ । विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शकको आगमन हुँदा होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ । मध्यपुर ठिमीको ऐतिहासिक, सांस्कृतिक तथा सम्पदायुक्त पहिचानलाई खेलकुदसँग जोडेर नगरलाई खेलकुद, संस्कृति र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत महोत्सवले लिएको छ । नगरपालिकाले महोत्सवलाई एकपटकको प्रतियोगितामा मात्र सीमित नराखी नगरभित्र नियमित खेलकुद संस्कृतिको विकास गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी... ...

रातोपाटी
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा
Latest NewsJust now

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो... ...

रातोपाटी
मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति
Latest NewsJust now

मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिषनारायण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा एनएमबी क्यापिटलका दिपेशकुमार वैद्य, महासचिवमा एनआइएमबी एस क्यापिटलका शिवान्तबहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटलका पुष्प शर्मा रहनुभएको छ । सदस्यहरूमा सिद्धार्थ क्यापिटलका सन्दिप कार्की, ग्लोबल आइएमई क्यापिटलका मन्दिप लुइँटेल र नेसनल क्यापिटलका ...

हिमालय टाइम्स
बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता
Latest NewsJust now

बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक उत्सवका अवसरमा संघका निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेललगायत सम्पूर्ण अतिथिलाई स्वागत गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्रराज रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल तथा नवनिर्वाचित सदस्यलाई बधाई ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रमुख कार्यकारी अधिकृतहरूलाई धन्यवाद दिनुभएको छ । बैंकर्स संघद्वारा बैंकिङ क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्यक्तित्वका रूपमा सम्मानित संघका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement