Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेको छ । मुख्यमन्त्री यादवले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज स्वीकृत गर्नुभएको हो । राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुभएको हो । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेश प्रमुखले इच्छुक प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी पेस गर्न २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा तोकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई प्रयोगलाई साहित्यिक चोरी मान्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट
Latest NewsJust now

एआई प्रयोगलाई साहित्यिक चोरी मान्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई स्वतः साहित्यिक चोरी ठहर गर्ने कतिपय निकायको अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । कानुन विषयका ६ विद्यार्थीले दायर... ...

रातोपाटी
चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह
Latest NewsJust now

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर, कात्तिक २८ गते । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा आजदेखि ‘मलाई घर फर्काउ’ महोत्सव... ...

गोरखापत्र
गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु
Latest NewsJust now

गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

• पोखरामा गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला टी-२०’ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ, जसमा कास्की र स्याङ्जा टोलीले उद्घाटन खेलमा जित हासिल गरेका छन्। • कास्कीले नवलपुरलाई १९ रनले पराजित गर्दै चन्द्रमाया बरालको उत्कृष्ट प्रदर्शनमा खेलको ‘प्लेयर अफ द म्याच’ बनेकी छिन्। • प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, बागलुङ र नवलपुरका टोली सहभागी छन्, र उत्कृष्ट खेलाडी छनोट गरेर राष्ट्रिय ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play