जनकपुर। मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण र युवालाई सीपयुक्त बनाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहणका क्रममा प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरतालगायत समस्या समाधान गर्न सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने निर्णय गरेका हुन्। निर्णयअनुसार पुनःसीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, आधुनिक प्रविधिमा आधारित स्वरोजगार र आत्मनिर्भरता प्रवर्द्धन गर्न कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स र कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गर्ने योजना छ। युवाको क्षमता र उद्यमशीलता विकास गर्ने लक्ष्यसहित प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम सुरु गर्ने प्रस्ताव गरिएको निर्णयमा उल्लेख छ।
मधेसका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गरिने

Read Complete Original Article
Published originally on नेपालन्युज






