काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेश सरकारको नेतृत्वमा पुग्न लागेका हुन्। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका यादवले शपथ ग्रहणसँगै औपचारिक रूपमा सरकारको नेतृत्व सम्हाल्नेछन्। यादवले मुख्यमन्त्री नियुक्त भएको सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्। त्यसका लागि उनले प्रदेशसभामा रहेका दल तथा सांसदहरूको समर्थन जुटाउनुपर्नेछ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिँदै

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार



.jpg)


