Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मणिपाल शिक्षण अस्पतालमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

Share:WhatsAppFacebookX (Twitter)Telegram
मणिपाल शिक्षण अस्पतालमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट
Photo / Coverage: पर्दाफास

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पताल बीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौता अनुसार अस्पतालको विभिन्न सेवा तथा सुविधाहरुमा १० देखि २० प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई न्युनतम ब्याजदरमा प्रोफेशनल लोन, होम लोन, अटो लोन, व्यवसायिक कर्जा तथा अन्य सहुलियतपुर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ । यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीहरूलाई सहज, सरल तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । उक्त समझदारीले स्वास्थ्य सेवा र वित्तीय सेवाबीच सहकार्य विस्तार गर्दै ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध तथा पारस्परिक लाभ अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीलाई आईजीपीमा फर्काउन सर्वोच्चले मानेन, मनोज केसीलाई काम गर्ने बाटो खुला
OthersJust now

दानबहादुर कार्कीलाई आईजीपीमा फर्काउन सर्वोच्चले मानेन, मनोज केसीलाई काम गर्ने बाटो खुला

सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गरेपछि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। अदालतले आईजीपीमा मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नदिएपछि मुद्दाको अन्तिम फैसला नआएसम्म केसीले नै प्रहरी संगठनको नेतृत्व ...

पर्दाफास
दानबहादुर कार्कीको रिट सात दिनभित्र सुनुवाइ गर्न सर्वोच्चको आदेश, पेसी हटाउन नपाइने
OthersJust now

दानबहादुर कार्कीको रिट सात दिनभित्र सुनुवाइ गर्न सर्वोच्चको आदेश, पेसी हटाउन नपाइने

काठमाण्डु- पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। तर, मुद्दाको संवेदनशीलता र सार्वजनिक महत्वलाई ध्यानमा राख्दै लिखित जवाफ प्राप्त भएपछि वा त्यसको म्याद सकिएपछि सात दिनभित्रै सुनुवाइमा चढाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र […] ...

काठमाण्डुपाटी
हङकङमा देउवा पक्षको कार्यक्रम : रास्वपाका नेता प्रमुख अतिथि
OthersJust now

हङकङमा देउवा पक्षको कार्यक्रम : रास्वपाका नेता प्रमुख अतिथि

देउवा समर्थितले जनसम्पर्क समिति हङकङको अधिवेशनपछि नवनिर्वाचित समितिलाई बधाई र शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि भने गैरकांग्रेस थिए । ...

अनलाइन खबर
सभामुख अर्यालद्वारा बूढीगण्डकी जलविद्युत्को कम्पनीको आवास भवन शिलान्यास
OthersJust now

सभामुख अर्यालद्वारा बूढीगण्डकी जलविद्युत्को कम्पनीको आवास भवन शिलान्यास

गोरखा । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय, आवास भवन एवं पक्की पुलको सभामुख डिपी अर्यालले शिलान्यास गरेका छन् । जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा निर्माण हुन लागेको भवन तथा सिउरेनीटार र धादिङको कल्लेरी जोड्ने बूढीगण्डकी नदीमाथिको पक्की पुलको बुधबार एक समारोहका बीच शिलान्यास भएको हो । शिलन्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, धादिङ […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement