Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, सात घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, सात घाइते
Photo / Coverage: पर्दाफास

मकवानपुरमा बिहीवार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै, चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीवार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको सुमोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् । दुर्घटनामा सुमो चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन् । घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । यसैगरी, चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको वागमती प्रदेश ०१–००६ ख ९८३६ नम्बरको ईभी गाडी र बागमती प्रदेश ०२–०३७ प ८५२८ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । मकवानपुरमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् । गत कात्तिक २६ गते मात्रै भीमफेदी गाउँपालिकामा भएको अर्को सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन पूर्वकूटनतीज्ञहरुको सुझाब
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन पूर्वकूटनतीज्ञहरुको सुझाब

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालको जलस्रोतलाई दुई देशको साझा समृद्धिको आधार बनाउने प्रस्ताव अघि सार्न पूर्वकूटनीतिज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जलविद्युत् उत्पादन र व्यापारसँगै सिँचाइ, खानेपानी तथा बाढी नियन्त्रणमा सहकार्य विस्तार गरेर दुवै देशले लाभ लिन सक्ने बताएका हुन् । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा ...

पर्दाफास
नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल
OthersJust now

नेपाल-भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छ : मन्त्री पौडेल

मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्नसक्ने बताएका हुन् । ...

अनलाइन खबर
बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल
OthersJust now

बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्। ...

अनलाइन खबर
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली
OthersJust now

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा पार्टी नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी दल भएकाले सरकारका गलत कामकारबाहीको सशक्त प्रतिवाद गर्ने बताएका हुन् । उनले एमाले निर्वाचनमा पराजित हुनुको कारण जनताबाट टाढिनु मात्र नभएको जिकिर गरे । निर्वाचनअघि नै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play