Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मंसिर ५ र ६ गते नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिर ५ र ६ गते नास–आईटी एक्स्पो हुँदै, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज नास–आईटी ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गर्न लागिएको नास–आईटीले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताए। उनका अनुसार एक्स्पो प्रविधि प्रदर्शन गर्ने थलोमा मात्र सीमित नभई व्यवसाय, प्रविधि र प्रतिभालाई एकै ठाउँमा जोड्ने अवसरसमेत हुनेछ। नेपालमै विकसित सफ्टवेयर तथा प्राविधिक उत्पादनले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरिरहेको भन्दै उनले स्वदेशी प्रविधि उत्पादनलाई नेपाली बजारमा स्थापित गर्न एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे। एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता ९एआई० तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा क्षेत्रका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन्। अध्यक्ष चापागाईंले नेपाली प्रविधि उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन एक्स्पो आयोजना गर्न लागिएको बताए। ‘हाम्रा उत्पादन र सेवाहरूलाई अन्तर्राष्ट्रियस्तरमा कसरी लैजान सकिन्छ भनेर काम गरिरहेका छौँ। त्यसमा सबै क्षेत्रबाट सहयोग पाएका छौँ। त्यसैलाई निरन्तरता दिन एक्स्पो आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘नेपालमै बनेका सफ्टवेयरलाई नेपाली बजारसँग परिचित गराउन पनि एक्स्पो महत्त्वपूर्ण हुनेछ।’ नास–आईटीले यसअघि सन् २०२५ नोभेम्बरमा पहिलो संस्करणको एक्स्पो आयोजना गरेको थियो। पहिलो संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाउँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी बनाउनुका साथै व्यावसायिक सहकार्य र साझेदारी विस्तारमा केन्द्रित गर्ने आयोजकको अपेक्षा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति जारी
Latest NewsJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति जारी

चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय (एमओसी) का... ...

रातोपाटी
भीमफेदी–काठमाडौँ मार्गमा कडाइ : ईभीको सिट र मापसेमा निगरानी
Latest NewsJust now

भीमफेदी–काठमाडौँ मार्गमा कडाइ : ईभीको सिट र मापसेमा निगरानी

हेटौंडा । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक खण्डमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेश सरकारले पहल थालेको छ । सोमबार प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले मालबाहक सवारी साधनको रुट... ...

रातोपाटी
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति
Latest NewsJust now

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

काठमाडाैँ । चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय... ...

रातोपाटी
एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य
Latest NewsJust now

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य

• सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ, जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाएका छन्। • लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका छन्। • आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ, जबकि पराजित टोलीले दोस्रो क्वालिफायरमा खेल्न पाउनेछ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play