काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेलापछि केन्द्रीय कमिटी बैठक आयोजना गर्ने भएको छ। पार्टीले आगामी मंसिर ५ गते चौथो केन्द्रीय कमिटी बैठक बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। आचार्यका अनुसार राष्ट्रिय कार्यकर्ता भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको भेला हुनेछ। त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम तय भएको छ। तर, केन्द्रीय कमिटी बैठकमा छलफल हुने विषय र एजेण्डा भने अहिलेसम्म तय भइनसकेको उनले बताए।
मंसिर ५ गते एमालेको चौथो केन्द्रीय कमिटी बैठक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






