Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मंसिरमा बैंकको ब्याजदर घट्यो, कुन बैंकमा राख्दा पाइन्छ सबैभन्दा बढी ब्याज ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिरमा बैंकको ब्याजदर घट्यो, कुन बैंकमा राख्दा पाइन्छ सबैभन्दा बढी ब्याज ?
Photo / Coverage: पर्दाफास

वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार धेरैजसो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले ब्याजदर परिवर्तन गरेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.९० प्रतिशतमा झारेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।

कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोवल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबि बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकमा औसत ३.९८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.८७ प्रतिशत कायम भएको छ । यसले बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरमा ०.११ प्रतिशत बिन्दुको कमी आएको देखाएको छ ।

मंसिरका लागि सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सानिमा बैंकले ४.५० प्रतिशत कायम गरेको छ । त्यस्तै, नेपाल बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशतभन्दा माथिको ब्याजदर दिएका छन् ।

बैंकहरूले हरेक महिना निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन् । नयाँ ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?
OthersJust now

धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए । लामिछानेले अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य अर्पण गर्नुका साथै छठको एक दिनअघि जनकपुर पुगेर पत्नी निकीतासँग खरनाको पूजामा पनि सहभागिता ...

पर्दाफास
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा
OthersJust now

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा

३० कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् । सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक… ...

अनलाइन खबर
शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली
OthersJust now

शान्ति समाज रुपन्देही सभापतिमा ज्ञवाली

३० कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् । समाजको २७औँ जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । साधारणसभाबाट गठित नयाँ कार्यसमितिको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने चयन भएका छन् ।… ...

अनलाइन खबर
के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?
OthersJust now

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play