Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मंगलबार अशुभ हो? ज्योतिषाचार्य भन्छन्– भ्रममा नपर्नुस्, मङ्गल ग्रह शुभकारक हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंगलबार अशुभ हो? ज्योतिषाचार्य भन्छन्– भ्रममा नपर्नुस्, मङ्गल ग्रह शुभकारक हो
Photo / Coverage: पर्दाफास

मानिसको सफलता र असफलता बार वा तिथिको फेरले होइन, उसको आफ्नै कर्म र सत्सङ्कल्पले निर्धारण गर्दछ । तसर्थ मंगलबारलाई अशुभ मानेर अवसर गुमाउनुको सट्टा आफ्नै मेहनत र कर्ममा विश्वास गर्नु नै जीवनको खास सफलता हो । हाम्रो नेपाली समाजमा अझैंपनि बार, तिथि र साइतलाई लिएर विभिन्न प्रकारका भ्रम, शंका र डर विद्यमान छन । विशेष गरी मंगलबारको दिन कुनै पनि नयाँ काम थाल्नुपर्दा, यात्रा गर्नुपर्दा वा महिनाको संक्रान्ति पर्दा धेरैले यसलाई अशुभ, अनिष्ट वा संकटको संकेतका रूपमा लिने गरेका छन । समाजका केही मानिसहरू वा वृद्धवृद्धाहरू मंगलबार महिना लाग्दा वा परेको दिन कुनै नराम्रो घटना घट्ने हो कि भनी अनावश्यक रूपमा त्रसित हुने गरेको पाइन्छ । तर, ज्योतिषीय, तार्किक र यथार्थवादी दृष्टिकोणले मंगलबारलाई पूर्ण रूपमा अशुभ वा डरलाग्दो मान्नु पूर्णतया गलत र निराधार हो । प्रसिद्ध ज्योतिषाचार्य नारायण प्रसाद निरौलाका अनुसार मङ्गल ग्रह आफैँमा कुनै अशुभ नभई एक शुभकारक ग्रह हो । कुनै महिनाको संक्रान्ति मंगलबार पर्दैमा वा मंगलबारकै कारणले मात्र सिंगो महिनाभरि ठूला दुर्घटना वा विध्वंस हुन्छ भनी डराउनु वा शंका गर्नु कुनै पनि तरिकाले उचित होइन । एउटा मात्र पक्ष वा बारलाई आधार बनाएर कुनै पनि समय वा दिनलाई नराम्रो भनी फलादेश गर्नु ज्योतिषीको नियम विपरीत हुन्छ । जीवनका घटना, सफलता र असफलतालाई एउटा बारले मात्र निर्धारण गर्दैन यसमा नक्षत्र, ग्रहको गोचर, जन्मकुण्डलीका विभिन्न स्थितिहरू र व्यक्तिको आफ्नै कर्मजस्ता अनेकौँ पक्षहरूको प्रभाव रहेको हुन्छ । ‘मङ्गल ग्रहको स्वभाव केही खरो हुने र अग्नि तत्व बढी सक्रिय रहने भए पनि यसबाट तर्सिनुपर्ने वा यात्रा तथा शुभकार्य नै पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था हुँदैन,‘ निरौलाले भने ‘यात्राको लागि मंगलबारलाई अशुभ मान्ने लोकधारणा हाम्रो समाजमा प्रचलित भए तापनि यसमा कुनै वैज्ञानिक वा ज्योतिषीय सत्यता भेटिँदैन । काम राम्रो वा नराम्रो हुने भन्ने कुरा बार वा तिथिको कारणले भन्दा पनि मानिसको आफ्नै कर्म, सोच र पूर्वतयारीमा निर्भर गर्दछ ।’ तसर्थ, मंगलबार वा कुनै पनि बारविशेषलाई लिएर समाजमा फैलिएका भ्रमित कुराहरूमा विश्वास गर्नुको सट्टा आफ्नो विवेक र सत्कर्ममा भरोसा राख्नु नै बुद्धिमानी हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?
OthersJust now

मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

मांसपेशी कडा हुने समस्याबाट धेरै मानिस पीडित छन् । विशेषगरी बिहान उठ्दा घुँडा, कम्मर र घाँटीमा कडापन तथा दुखाइ महसुस हुने गर्छ । यस्तो अवस्थामा काम गर्न सहज हुँदैन । आरामसँग बस्न वा सुत्न नै गाह्रो हुन्छ । त्यसैले शरीरको कडापन र दुखाइबाट छुटकारा पाउनु आवश्यक हुन्छ । मांसपेशीमा किन हुन्छ कडापन ? मांसपेशी कडा… ...

अनलाइन खबर
कोप–३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन, पर्वतीय क्षेत्रका लागि छुट्टै जलवायु कार्ययोजना बन्ने
OthersJust now

कोप–३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन, पर्वतीय क्षेत्रका लागि छुट्टै जलवायु कार्ययोजना बन्ने

कोप-३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन, पर्वतीय क्षेत्र र जलवायु परिवर्तनमा छुट्टै कार्ययोजना बन्ने कभर डिसिजनमा सम्बोधन तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई सम्मेलनको कभर डिसिजनमा सम्बोधन गरिएको छ। उक्त प्रस्तावलाई सम्मेलनको अध्यक्षताको परामर्शमा तयार गरिएको कभर डिसिजनको मस्यौदामा समेटिएको ...

पर्दाफास
एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने
OthersJust now

एसिया कप राइजिङ स्टार्सका लागि नेपाली टोली कतार प्रस्थान, ५ खेलाडी एनपीएल खेलेर जाने

काठमाडौं । यही नोभेम्बर १९ देखि कतारको दोहामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली मंगलबार कतार प्रस्थान गरेको हो । एसिया कप राइजिङ स्टार्सका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणबाटै बाहिरिएका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play