Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भ्रमणबाट प्राप्त उपलब्धि कार्यान्वयनमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
भ्रमणबाट प्राप्त उपलब्धि कार्यान्वयनमा जोड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक सम्बन्धबाट माथि उठाउँदै आर्थिक विकास, बहुआयामिक साझेदारीमा रूपान्तरण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने जनाएको छ । महासंघले प्रधानमन्त्रीको भारत भ्रमणबाट प्राप्त उपलब्धि केवल कूटनीतिक सहमति र घोषणामा सीमित नराखी नागरिक तथा व्यवसायीले प्रत्यक्ष अनुभूति गर्ने आर्थिक परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुर्ई देशबीच भएका महत्त्वपूर्ण सहमति, समझदारी तथा संयुक्त पहलले नेपालको आर्थिक विकास र समृद्धिका लागि नयाँ सम्भावनाका ढोका खोलेको महासंघको दाबी छ । भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुर्ई देशबीच भएका महत्त्वपूर्ण सहमति, समझदारी तथा संयुक्त पहलले नेपालको आर्थिक विकास र समृद्धिका लागि नयाँ सम्भावनाका ढोका खोलेको महासंघको दाबी छ । भ्रमण दलमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नुभएका महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले दुर्ई देशबीचको सम्बन्ध अब व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पुर्‍याउनुपर्ने भन्दै प्रधानमन्त्रीको भ्रमणले त्यसका लागि महत्त्वपूर्ण आधार तयार गरेको बताउनुभयो । भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत बिजनेस राउण्ड टेबल कार्यक्रममा सम्बोधन गर्दै महासंघ अध्यक्ष श्रेष्ठले भारतसँगको व्यापारिक सम्बन्ध थप सन्तुलित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले दुई देशबीच व्यापार, पारवहन, पूर्वाधार विकास तथा सञ्जाल विस्तार, ऊर्जा, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न सातवटा प्राथमिकता अघि सार्दै नेपाली उद्योगीले भारतमा भोगिरहेका गैरभन्सार अवरोध समाधानका लागि दुवै देशका निजी क्षेत्रले संयुक्त पहल गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘भूगोलले हामीलाई छिमेकी बनायो र इतिहासले हामीलाई परिवार बनायो । अब व्यवसायले हामीलाई प्रगतिको साझेदार बनाउनुपर्छ । अब संवादबाट सम्झौतामा, सम्भावनाबाट परियोजनामा र असल छिमेकीबाट महान् साझेदारतर्फ अघि बढौं । नेपाल व्यावसायिक अवसरहरूका लागि खुला छ ।’ सो अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभएको थियो । साथै महासंघ र सिआइआईले गरेको प्रयास सकारात्मक रहेको पनि बताउनुभएको थियो । त्यसैगरी भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले महासंघले उठाएका जुट, स्टिल, बिआइएस र युपिआई पेमेन्टसम्बन्धी चासोका विषयमा परिणाम निस्कने गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘भारत विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक छ । त्यसैले मिलेर कार्यान्वयन तहमा आर्थिक गतिविधि बढाउनुपर्छ ।’ त्यसैगरी सिआइआई अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष बिक्रमजित सिंह सानेले दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेकाले आर्थिक तथा व्यापार गतिविधि प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । महासंघ र भारतीय उद्योग परिसंघ (सिआइआई) ले दुई देशबीचको आर्थिक विकास, समृद्धि र साझा आर्थिक मुद्दाहरूमा दुवै देशका सरकारलाई पहिलेदेखि नै सुझाव दिँदै आएका छन् । भ्रमणका क्रममा जारी ‘विकसित भारत-समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेजले आगामी दिनमा दुर्ई देशबीचको आर्थिक तथा विकास साझेदारी थप व्यवस्थित र परिणाममुखी बनाउन सहयोग पुग्नेमा महासंघले विश्वास गरेको छ । महासंघले प्रधानमन्त्रीको भारत भ्रमणबाट सिर्जित सकारात्मक वातावरण उपयोग गर्दै दुई देशबीचको आर्थिक सम्बन्ध परिणाममुखी बनाउन, भएका सहमति तथा सम्झौताको समयबद्ध कार्यान्वयन गर्न र निजी क्षेत्रलाई आर्थिक साझेदारीको प्रमुख साझेदारका रूपमा स्थापित गर्न दुवै देशका सरकारसँग आग्रह गरेको छ । नेपालमा भारतीय लगानी अपेक्षाअनुसार विस्तार हुन नसकेको अवस्थालाई ध्यान दिँदै लगानीका अवसर पहिचान, नीतिगत स्थिरता, लगानी सुरक्षाको प्रत्याभूति र प्रतिफल फिर्ताको सहज व्यवस्था सुनिश्चित गर्नुपर्ने महासंघले जनाएको छ । साथै नेपाली उत्पादनले भारतीय बजारमा भोग्दै आएका जुट, स्टिल, गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्युरो (बिआइएस) सम्बन्धी समस्या समाधानलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा महासंघले जोड दिएको छ । व्यापारमा रहेका गैरभन्सार अवरोध हटाउने, गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता कायम गर्ने र सीमा नाकामा सहज तथा व्यवस्थित जाँचपास व्यवस्था गर्ने विषयमा दुवै देशका सरकारबीच निरन्तर संवाद आवश्यक रहेको महासंघले उल्लेख गरेको छ ।यसैबीच महासंघ र सिआइआईबीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा भएको समझदारीलाई पनि महासंघले सकारात्मक कदमका रूपमा लिएको छ । बाढी प्रभावित समुदायको तत्कालीन स्वास्थ्य तथा सरसफाइसम्बन्धी आवश्यकता पूरा गर्न तथा जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःस्थापना गर्न संयुक्तरूपमा सञ्चालन समझदारीअनुसार दुवै संस्थाले सो क्षेत्रमा आर्थिक पुनरुत्थानका कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
Latest NewsJust now

चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च ...

केन्द्रबिन्दु
अब घट्छ हिमतालको जलसतह
Latest NewsJust now

अब घट्छ हिमतालको जलसतह

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १० गते । नेपालको हिमाली मानवबस्तीको शिरमा रहेका उच्च जोखिमयुक्त चार वटा ठुला हिमतालको जलसतह घटाउने आयोजना कार्यान्वयनमा गएको छ । उच्च तापक्रमका... ...

गोरखापत्र
अर्थ समितिको बैठक बस्दै, के बिषयमा हुँदैछ छलफल ?
Latest NewsJust now

अर्थ समितिको बैठक बस्दै, के बिषयमा हुँदैछ छलफल ?

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे आज छलफल हुने भएको छ । समितिको ३६औँ बैठक मङ्सिर १० गते आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ । बैठकमा नागरिक लगानी कोषबाट हालसम्म सम्पादन भएका काम, कोष परिचालनको अवस्था, लगानी तथा प्रतिफल, भावी कार्ययोजना र संस्थाले भोगिरहेका समस्या एवं सुधारका क्षेत्रबारे प्रस्तुति र ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement