Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो । त्यसै अनुसन्धानपछि नयाँ शुल्क घोषणा गरिएको हो । नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने प्रस्ताव गरिएको बीबीसीले जनाएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने दाबी गरेका छन् । उनले अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई लक्षित गरी अपनाएका औद्योगिक रणनीति र बजारलाई प्रभावित पार्ने अभ्यासले अमेरिकी उत्पादन आधार कमजोर बनाउँदै व्यापार सन्तुलन आफ्ना पक्षमा पार्ने गरेको आरोप लगाए । भन्सार शुल्क भनेको विदेशबाट आयात हुने वस्तुमा लगाइने कर हो । सामान्यतया वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा यस्तो कर निर्धारण गरिन्छ र विदेशबाट सामान आयात गर्ने व्यवसायीले सरकारलाई बुझाउँछन् । यद्यपि, ट्रम्पले केही देशसँग सहमति गरेका शुल्क सीमाका कारण प्रस्तावित शुल्कका केही दर प्रभावकारी रूपमा कम हुन सक्नेछन् । विभिन्न देशका लागि शुल्क दर पनि फरक–फरक हुनेछन् । अर्थशास्त्रीहरूले भने भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने र आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले यस्तो नीतिले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने बताएका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पटक–पटक भन्सार शुल्क लगाउने वा लगाउने चेतावनी दिँदै आएका छन् । अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले शुल्क नीति अघि बढाएको उनको दाबी छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिएका छन् । अमेरिकाले अन्य देशबाट आयात गर्ने वस्तुको मूल्य र निर्यात गर्ने वस्तुको मूल्यबीचको अन्तर अर्थात् व्यापार घाटा घटाउने लक्ष्यसमेत ट्रम्पले राखेका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आज देशभरको मौसम कस्तो रहला ?
Latest NewsJust now

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली ...

नेपालन्युज
यस्तो छ आजको विनिमयदर
Latest NewsJust now

यस्तो छ आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। ...

हाम्राकुरा
वन्यजन्तुको क्षतिमा वर्षेनि लाखौँ खर्च, द्वन्द्व घटेन
Latest NewsJust now

वन्यजन्तुको क्षतिमा वर्षेनि लाखौँ खर्च, द्वन्द्व घटेन

वन्यजन्तुले पुर्‍याएको क्षतिबापत निकुञ्जले वर्षेनि लाखौँ रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गर्दै आए पनि मानव–वन्यजन्तु द्वन्द्व भने कम हुन सकेको छैन। ...

कान्तिपुर
"स्वास्थ्य पत्रकारितामा जिम्मेवारीबोध र तथ्यपरकता आवश्यक"
Latest NewsJust now

"स्वास्थ्य पत्रकारितामा जिम्मेवारीबोध र तथ्यपरकता आवश्यक"

काठमाडौँ, मङ्सिर १० गते । स्वास्थ्य क्षेत्रका समाचार सम्प्रेषण गर्दा विषयवस्तुको गहिरो अध्ययन र संवेदनशीलतालाई प्राथमिकता दिन स्वास्थ्य क्षेत्रका सरोकारवालाले आग्रह गरेका छन् । स्व... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement