Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी र कालीगण्डकीका विपद् प्रभावित क्षेत्रमा ९५ करोडको राहत सामग्री परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी र कालीगण्डकीका विपद् प्रभावित क्षेत्रमा ९५ करोडको राहत सामग्री परिचालन
Photo / Coverage: टक्सार

काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब ९५ करोड रुपैयाँ बराबरको राहत सामग्री परिचालन भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गैरसरकारी संस्थाबाट ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ बराबरको राहत सामग्री सहयोग प्राप्त भएको जानकारी दिए । मंगलबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ७२ करोड २१ लाख र राष्ट्रिय गैरसरकारी संस्थाबाट २२ करोड ७३ लाख रुपैयाँ बराबरको राहत सामग्री प्राप्त भएको बताए । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड ७१ लाख रुपैयाँ नगद जम्मा गरेका छन् । विपद् प्रभावित १५ स्थानीय तहमा राहत तथा पुनःस्थापनाका कार्यक्रम छिटो सञ्चालन गर्न सरकारले परियोजना स्वीकृतिको प्रक्रिया छोट्याएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १३ वटा संशोधित परियोजना र चारवटा नयाँ परियोजनाले स्वीकृति पाएका छन् । त्यस्तै, राष्ट्रिय गैरसरकारी संस्थाका ३१६ वटा नयाँ परियोजना स्वीकृत भएका छन् । सचिव राउतका अनुसार विपद् प्रभावित क्षेत्रमा १५ हजार ७०१ जनालाई मनोसामाजिक प्राथमिक सहायता प्रदान गरिएको छ भने ९१ जना बालबालिकालाई थप विशिष्टीकृत सेवाका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठाइएको छ । त्यसैगरी, १५ स्थानीय तहमा १४४ जना अपाङ्गता भएका व्यक्ति प्रभावित भएको विवरण संकलन गरिएको छ । तीमध्ये सात जनाको मृत्यु भएको, ७६ जना विस्थापित भएको र १६ जना सम्पर्कविहीन वा बेपत्ता रहेको उनले जानकारी दिए । मन्त्रालयले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र स्थानीय सरकारसँग समन्वय गरी एकद्वार प्रणालीबाट सहयोग परिचालन गरिरहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१४ वर्षपछि नेकपामा समाहित भइन् चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल
Latest NewsJust now

१४ वर्षपछि नेकपामा समाहित भइन् चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल

काठमाडौँ। माओवादी जनयुद्धकी चर्चित गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा समाहित भएको छ । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी दुई पार्टीबिच एकता... ...

रातोपाटी
सत्ता र प्रतिपक्ष दुवैलाई चाहिएको संसद् अधिवेशन कसरी हुन्छ आह्वान ?
Latest NewsJust now

सत्ता र प्रतिपक्ष दुवैलाई चाहिएको संसद् अधिवेशन कसरी हुन्छ आह्वान ?

काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालले संघीय संसद्को अधिवेशन तत्काल आह्वान... ...

रातोपाटी
सैनिक परिवारमा हुर्केर राजनीतिको सागरमा पौडिरहेका थापा
Latest NewsJust now

सैनिक परिवारमा हुर्केर राजनीतिको सागरमा पौडिरहेका थापा

काठमाडौं । राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्। तर व्यवसाय र व्यावसायिक क्षेत्रबाट आफ्नो पहिचान बनाउँने कमै हुन्छन्। तिनै मध्ये एक विन्दु कुमार थापा हुन्। उनी केन्द्रदेखि प्रदेश राजनीतिमा स्थापित भए। नेपाल राष्ट्र बैंकको कर्मचारीका रूपमा व्यावसायिक जीवन सुरु गरेका थापा अहिले गण्डकी प्रदेशको राजनीतिमा परिचित छन्। राष्ट्र बैंकको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play