Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमश: पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि नै ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएकाका सन्तानको लागि निःशुल्क विद्यालय तहको शिक्षाको व्यवस्थापनको प्रक्रियालाई कार्यान्वयनमा लगिसकेको सन्दर्भमा उनीहरुलाई उच्च शिक्षामा समेत छात्रवृत्तिको व्यवस्था गर्ने सम्बन्धमा नयाँ निर्णय गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए । ‘प्रथम चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ। यसपछि पनि क्रमश: पहिचान गर्दै चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ मन्त्री पोखरेलले भने । प्रस्तावित व्यवस्था अनुसार निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाको हकमा शिक्षा विभागले अभिलेख राखेर सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गर्नेछ। त्यसैगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिनेछ। त्यस्तै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई भने विश्वविद्यालय र क्याम्पसहरूमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामै थप गरी समावेश गराउन मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको छ। यसको लागि मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत आवश्यक व्यवस्था गर्नेछ । यो निर्णयसँगै भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ताका सन्तानले जुनसुकै विषयमा पनि उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने भएका छन् । The post भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै
Latest NewsJust now

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि जिल्लास्थित मतदानस्थल... ...

रातोपाटी
१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप
Latest NewsJust now

१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप

काठमाडौँ । आज दिनभरका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ – १. सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम अनुमोदन सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस... ...

रातोपाटी
शारदा नगरपालिकाले न्यूनतम विद्युत् शुल्क तिरिदिने
Latest NewsJust now

शारदा नगरपालिकाले न्यूनतम विद्युत् शुल्क तिरिदिने

प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक २१ गते । सल्यानको शारदा नगरपालिकाले नगरवासीले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा लाग्ने न्यूनतम विद्युत् शुल्क व्यहोर्ने भएको छ । नगरपालिकाको... ...

गोरखापत्र
दसौँ राष्ट्रिय खेलकुद : लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुद : लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट

सिराज खान नेपालगन्ज, कात्तिक २१ गते । कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट भएका छन् ।नेपालगन्ज रंगशाल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play