काठमाडौं । भुटानमा आयोजना हुने पाँच राष्ट्र सम्मिलित गेलेफु टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नेपाल ‘ए’ टोली घोषणा गरेको छ । यही मङ्सिर १८ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा क्यानले आज सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । नेपाल ‘ए’ टोलीमा सन्तोषसहित विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्तीमगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुश्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन् । भुटान क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालसँगै घरेलु टोली भुटान, बहराइन, थाइल्याण्ड र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल भुटानको गेलेफुस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
भुटानमा हुने गेलेफु टी-२० सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





