सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल सहित ११ जना रहेका छन् । उनको अनुसार चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव र १० वर्षीया अनु कुमारी यादवको मृत्यु भएको छ । यसैगरी, ३५ देखि ३६ वर्षका गुड्डु यादव, उनकी श्रीमती ३० देखि ३२ वर्षीया गायत्री देवी, २५ देखि २६ वर्षका रामदुलार यादव, २४ देखि २५ वर्षका सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । घाइतेमध्ये ३३ वर्षीय मुकेश यादव र ५ वर्षीय सक्षम कुमार यादव उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै, ३ वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रेफर गरिएको छ । ३१ वर्षीय बेचु भन्ने देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरको मनकामना अस्पताल रेफर गरिएको छ । अर्का २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् ।
भीमफेदी दुर्घटना : ११ जनाको मृत्यु, यी हुन् मृतक

Read Complete Original Article
Published originally on पर्दाफास






