Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाले उजाडियो एक परिवार, गर्भवती श्रीमतीसहित ६ को मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाले उजाडियो एक परिवार, गर्भवती श्रीमतीसहित ६ को मृत्यु
Photo / Coverage: हिमालय टाइम्स

मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी दुर्घटनाले एक परिवारलाई शोकमा डुबाएको छ। दुर्घटनामा सर्लाहीको एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने १४ महिने बालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका अवधेश यादवले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका हुन्। छठ पर्व मनाउन काठमाडौंस्थित बसोबासबाट परिवारका सदस्यहरू सर्लाही फर्किंदै थिए। गाडीमा सिट संख्या अपुग भएपछि अवधेश भने मोटरसाइकलमा छुट्टै आउँदै थिए। उनी मोटरसाइकलमा पछिपछि आइरहेका बेला बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी नजिक परिवार सवार मधेश प्रदेश ०३–००१ ०८८० नम्बरको यात्रुवाहक ईभी गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा मृत्यु हुनेमा अवधेशकी ३५ वर्षीया गर्भवती श्रीमती पुनम देवी यादव, १० वर्षीया छोरी अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादव छन्। त्यस्तै, उनका दुई भाइ दीपेश यादव र सुरेश यादवको पनि दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा अवधेशका १४ महिने छोरा सुदीप यादव गम्भीर घाइते भएका छन्। घटनास्थलबाट उद्धार गरी उनलाई थप उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको छ। छठ पर्व मनाउन हिँडेको परिवार दुर्घटनामा परेपछि अवधेशले एकैपटक श्रीमती, सन्तान र भाइहरू गुमाएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त
Latest NewsJust now

एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त

काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले बिहीबार प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। यसअघि कम्पनीका अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्य जेन्सेन... ...

रातोपाटी
यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त
Latest NewsJust now

यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

• नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको छ। • महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारसँग घाइतेको उपचार र राहतको व्यवस्था गर्न आग्रह गर्दै विद्युतीय सवारीसाधनको सुरक्षा मापदण्डमा सुधार गर्नुपर्ने बताएका छन्। • दुर्घटनामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ। ...

नेपालबहस
मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल
Latest NewsJust now

मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल

काठमाडौं। लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वको रौनकले यतिबेला मधेश प्रदेशका गाउँदेखि सहरसम्म उत्सवमय बनेको छ। चार दिनसम्म श्रद्धा र निष्ठाका साथ मनाइने यो पर्वका लागि नदी, तलाउ तथा जलाशयका किनारमा घाट निर्माण र सरसफाइका काम अन्तिम चरणमा पुगेका छन्। जनकपुरधामका ऐतिहासिक सरोवरहरू गंगासागर, धनुषसागर र महाराजसागरलगायतका पोखरीहरूलाई बेहुलीझैँ सिँगारिएको छ। महोत्तरीको मटिहानीस्थित बिग्ही नदीमा करिब डेढ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play