Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाको कारण खोज्न पाँच सदस्यीय छानबिन समिति गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाको कारण खोज्न पाँच सदस्यीय छानबिन समिति गठन
Photo / Coverage: कर्पोरट खबर

मकवानपुरको भीमफेदीमा भएको भीषण विद्युतीय सवारी (इभी) दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको दुर्घटनाको वास्तविक कारण पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार समितिलाई दुर्घटनाका कारणबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् । समितिले दुर्घटनाका विभिन्न पक्षलाई आधार बनाएर अनुसन्धान गर्नेछ । विशेषगरी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, रुट इजाजतको अवस्था, चालकको अवस्था तथा सडकको भौतिक संरचनाबारे अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायले चाल्नुपर्ने आवश्यक कदम र सडक सुरक्षाका उपायसमेत समितिको प्रतिवेदनमा समेटिनेछन् । भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामै तीनवटा ठूला दुर्घटना भइसकेको उल्लेख गर्दै प्रजिअ अधिकारीले सडक सुरक्षामा तत्काल सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनका अनुसार सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्न पर्याप्त छैन । बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । The post भीमफेदी दुर्घटनाको कारण खोज्न पाँच सदस्यीय छानबिन समिति गठन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उद्योग मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूबीच छलफल
Latest NewsJust now

उद्योग मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूबीच छलफल

आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । ...

हाम्राकुरा
यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । ...

हाम्राकुरा
लुम्बिनीले गुमायाे पाँचाैँ विकेट
Latest NewsJust now

लुम्बिनीले गुमायाे पाँचाैँ विकेट

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले पाँचाैँ विकेट गुमाएकाे छ। लुम्बिनीका डार्सी सर्ट ३४ बलमा ४६ रन बनाएर आउट भएका छन् ।लुम्बिनीले १३.३ ओभरकाे... ...

रातोपाटी
रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै
Latest NewsJust now

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play