Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
Photo / Coverage: पर्दाफास

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्। मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो। छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखिएको छ। उक्त माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने उनीहरूको अडान छ। मृतक पक्षले राखेका माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पु¥याई सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले दिएपछि शव परीक्षण गर्न सहमति जुटेको बताइएको छ। सहमति जुटेसँगै १३ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइने भएको छ। परीक्षण सम्पन्न भएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि सर्लाही लैजाने तयारी गरेका छन्। दुर्घटनामा १४ जनाले ज्यान गुमाएको घटनापछि पीडित परिवारले क्षतिपूर्ति, रोजगारी तथा घाइते बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन
OthersJust now

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको मारमा परेका मुलुकको ऋण मिनाहा गर्न तथा जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका हुन् ।… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?
OthersJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था हुने यकिन छैन । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play