Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते
Photo / Coverage: पर्दाफास

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो
OthersJust now

भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । मकवानपुर प्रहरीका दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी छ… ...

अनलाइन खबर
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते
OthersJust now

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई तल्ले घरमा आगलागी भएको हो । आगलागीबाट उनको २६ वर्षीया छोरी निशा कार्की घाइते भएकी छन् । आगलागीबाट उनको… ...

अनलाइन खबर
उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ
OthersJust now

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play