हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आज बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्। दुर्घटनापछि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली घटनास्थलमा खटिएको छ। नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको थापाले जानकारी दिए।
भीमफेदीमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु, पाँच जना घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






