काठमाडौँ। भारतको दुईदिने राजकीय भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शीतल निवासमा भएको भेटमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। राष्ट्रपति भवनमा भएको भेटवार्तामा भारत भ्रमणका विषयसँगै अन्य समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ। रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर निस्किएलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन्। भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट नगरेको विषयमा टिप्पणी हुँदै आएको थियो।
भारत भ्रमणबारे जानकारी गराउन शीतल निवास पुगे प्रधानमन्त्री बालेन

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






