Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न समन्वय

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न समन्वय
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय थालेको छ। प्रधानमन्त्री शाहले मङ्सिर ६ र ७ गते भारतको राजकीय भ्रमण गरेका थिए। भ्रमणका क्रममा नेपाल–भारत संयुक्त दृष्टिपत्रसहित विभिन्न विषयमा आपसी सहमति, समझदारी र महत्त्वपूर्ण निर्णय भएका थिए। ती सहमति तथा समझदारीलाई दुवै देशका नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजान मन्त्रालयले काम अघि बढाएको जनाएको छ। सम्बन्धित मन्त्रालय तथा निकायले समझदारीपत्र र सहमति कार्यान्वयन गर्ने तथा त्यसको नियमित अनुगमन गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले बताए। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिबारे सर्वसाधारणले बुझ्न सक्ने गरी १२ वटा ‘क्यारोसेल ग्राफिक्स’ तयार गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारी दिए। यसैबीच, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको मन्त्रालयले जनाएको छ। साउदी अरेबियालगायत पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको प्रवक्ता क्षेत्रीले बताए। समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट हुनुपर्ने तथा कुनै पनि बहानामा मानवीय जीवन, निजी सम्पत्ति र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुनेमा उनले जोड दिए। साउदी अरेबियाको किङ अब्दुल्ला फाइनान्सियल डिस्ट्रिक्टअन्तर्गत रहेको पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका दुई आक्रमणमा चार जना नेपाली घाइते भएका थिए। उनीहरूलाई रियादस्थित अस्पतालमा उपचारका लागि लगिएकोमा एक जनाको मृत्यु भएको, एक जना उपचारपछि अस्पतालबाट फर्किएको र दुई जना अझै उपचाररत रहेको मन्त्रालयले जनाएको छ। मृतकको शव नेपाल ल्याउने विषयमा रियादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय सुरु गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए। उक्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्थानीय सरकार तथा नेपाली राजदूतावासले जारी गरेका सुरक्षा निर्देशन र सूचनाको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको छ। प्रवक्ता क्षेत्रीले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ यस वर्ष विभिन्न कार्यक्रम गरी मनाउन लागिएको पनि जानकारी दिए। सात दशक लामो सम्बन्ध आपसी सद्भाव, विश्वास र द्विपक्षीय सहयोगमा आधारित रहेको उल्लेख गर्दै उनले व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन, शिक्षा तथा संस्कृतिलगायत क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको बताए। यसैगरी, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध भएको अवस्थामा नेपाल–चीन तातोपानी–झाङ्मु नाका सञ्चालनका लागि भइरहेका प्रयासबारे पनि मन्त्रालयले जानकारी गराएको छ। तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर आवतजावत खुला गर्ने र अन्य नाकाबाट हुने आवागमन सहज बनाउने विषयमा सम्बन्धित निकाय तथा चीन सरकारसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१४ औँ महाधिवशेनले निर्वाचित गरेको नेतृत्व नै अहिलेको आधिकारिक कांग्रेस होः डा. शशांक
Latest NewsJust now

१४ औँ महाधिवशेनले निर्वाचित गरेको नेतृत्व नै अहिलेको आधिकारिक कांग्रेस होः डा. शशांक

• डा शशांक कोइरालाले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वलाई आधिकारिक कांग्रेसको रूपमा प्रस्तुत गरे। • उनले नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको आर्थिक र राजनीतिक आधारको महत्त्व उल्लेख गरे। • कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन र आफ्ना उपलब्धिहरूको प्रचार गर्न आवश्यक रहेको बताए। ...

नेपालबहस
मेलिना राईसँगको सहकार्यमा प्रेम सेनको ‘माईबेनी मेला’
Latest NewsJust now

मेलिना राईसँगको सहकार्यमा प्रेम सेनको ‘माईबेनी मेला’

काठमाडौँ । गायक प्रेम सेन नयाँ गीत ‘माईबेनी मेला’ लिएर आएका छन् । लोकशैलीको यो गीतमा प्रेम शब्द तथा संगीत छ भने गायनमा उनलाई मेलिना राईले साथ दिएकी छिन् । ... ...

रातोपाटी
चौथो रणनीतिक योजनाका ३५ मध्ये ९ क्रियाकलाप मात्र पूर्ण कार्यान्वयन: निर्वाचन आयोग
Latest NewsJust now

चौथो रणनीतिक योजनाका ३५ मध्ये ९ क्रियाकलाप मात्र पूर्ण कार्यान्वयन: निर्वाचन आयोग

ललितपुर । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये नौवटामात्रै पूर्ण कार्यान्वयन गरेको छ । १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने... ...

रातोपाटी
मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै
Latest NewsJust now

मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै

क्वालालम्पुर, मङ्सिर ११ गते । महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै गएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीबार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement