Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

भारत, चीन, इराक र कतारलाई होर्मुज जलमार्गको प्रतिबन्धमा छुट

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत, चीन, इराक र कतारलाई होर्मुज जलमार्गको प्रतिबन्धमा छुट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी देशका जहाजले अब कुनै अवरोधबिना जलमार्ग पार गर्न सक्नेछन् । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका उपाध्यक्ष अहमद हयात मोघाद्मले मंगलबार आर्थिक तथा सुरक्षा अवस्थाको समीक्षासम्बन्धी बैठकमा यस्तो घोषणा गरेका हुन् । उनका अनुसार, यी चार देशका जहाजलाई विशेष व्यवस्था र आपसी समझदारीका आधारमा छुट दिइएको हो । उनले अमेरिकी पक्षले पनि ती जहाजको आवागमनमा हस्तक्षेप नगर्ने दाबी गरे । कतारका जहाजमाथि इरानले कुनै पारवहन शुल्क नलगाउने स्पष्ट पार्दै उनले प्रत्येक देशलाई छुट दिनुको छुट्टाछुट्टै कारण रहेको बताए । “हामी व्यापार गरिरहेका छौँ र प्रत्येक छुटका पछाडि फरक कारण छन्,” उनले भने । हयात मोघाद्मका अनुसार भारतलाई दिइएको छुट इरानमा औषधि आयात सहज बनाउन केन्द्रित छ । चीनलाई दिइएको छुटको उद्देश्य इरानप्रति चीनको राजनीतिक समर्थन सुनिश्चित गर्नु हो । इरानवायर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
के सिरी ‘ए’ युरोपकै सबैभन्दा रोमाञ्चक फुटबल लिग बन्दै छ ?
Latest NewsJust now

के सिरी ‘ए’ युरोपकै सबैभन्दा रोमाञ्चक फुटबल लिग बन्दै छ ?

कुनै समय विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक लिग मानिने इटालीको सिरी ‘ए’ पछिल्ला वर्षमा कमजोर हुँदै गएको थियो । राष्ट्रिय टोली लगातार तीनवटा विश्वकपमा छनोट हुन असफल हुनु र युरोपेली... ...

रातोपाटी
एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने
Latest NewsJust now

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको परामर्शपछि सामाजिक सञ्जाल एक्समार्फत यसको पुष्टि गरेका हुन्। ...

हाम्राकुरा
नेपाल रेडक्रसमा एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर  !
Latest NewsJust now

नेपाल रेडक्रसमा एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर  !

काठमाडौं ।नेपाल रेड्क्रसमा एउटै व्यक्तिलाई फरक–फरक मितिमा दुईवटा नियुक्तिपत्र दिएर दुई स्थानमा जिम्मेवारी तोकिएको खुलेको छ । दीपक घिमिरेलाई... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play