Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

भारतीय सेनाको अग्निवीरको कार्यकाल दुई वर्ष थप

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय सेनाको अग्निवीरको कार्यकाल दुई वर्ष थप
Photo / Coverage: केन्द्रबिन्दु

नयाँदिल्ली । भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत भर्ना भएका अग्निवीरहरूका लागि दुईवर्षको दोस्रो कार्यकाललाई भारतको केन्द्रीय मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले अग्निपथ योजनाअन्तर्गत अग्निविरहरूका लागि दुई वर्षको दोस्रो कार्यकाल (सेकेन्ड टुर अफ ड्युटी) स्वीकृत गरेको बताएका छन् । निर्णयअनुसार, निर्धारित छनोट मापदण्ड पूरा गर्ने र इच्छुक अग्निवीरहरूले चार वा ६ वर्षको प्रारम्भिक कार्यकाल पूरा गरेपछि थप दुईवर्ष सेवा गर्न पाउनेछन् । त्यसपछि नियमित सैनिकका रूपमा भर्ना हुने व्यवस्था पनि गरिएको रक्षामन्त्री सिंहले बताएका छन् । यो निर्णय भारतीय रक्षा फौजको दीर्घकालीन संरचनात्मक सुधारको निरन्तरता भएको उनको भनाइ छ । यसको उद्देश्य युवा, तन्दुरुस्त, प्राविधिक रूपमा सुसज्जित र भविष्यका चुनौती सामना गर्न तयार सैन्य बल निर्माण गर्नु रहेको उनले उल्लेख गरेका छन् । युद्धको बदलिँदो स्वरूपअनुसार भारतीय सेनालाई तयार पार्ने उद्देश्यले यो कदम चालिएको पनि सिंहले बताएका छन् । भारत सरकारले यो निर्णय गरेको समयमा भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणमा छन् । दशकौँदेखि नेपालले आफ्ना नागरिकलाई एक विशेष सम्झौताअन्तर्गत गोर्खा सैनिकका रूपमा भारतीय सेनामा भर्ती हुन अनुमति दिँदै आएको थियो । भारतले विवादास्पद अग्निपथ योजना नाको नयाँ सैनिक भर्ती योजना ल्याएपछि त्यस्तो सैन्य भर्ती प्रक्रिया रोकिएको छ । भारतको पछिल्लो निर्णयसँगै विदेश सचिव मिश्रीको नेपाल भ्रमणका क्रममा यस विषयमा पनि नेपाल सरकारका अधिकारीहरूसँग छलफल हुन सक्ने बारे स्पष्ट छैन । तर भारतले लामो समयदेखि नेपाली नागरिकलाई अग्निपथ योजनामा सहभागी गराउन पहल गर्दै आएको छ । एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
Latest NewsJust now

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङ । दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा... ...

रातोपाटी
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
Latest NewsJust now

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर भत्किएका र चर्किएका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न लागिएको ...

नेपालन्युज
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग भेट्दै
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँग भेट्दै

काठमाण्डु – नेपालको दुई दिने भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दैछन् । भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्रीसँग भेटघाटपछि भारतीय विदेश सचिव मिस्री बिहीबार अपराह्न स्वदेश फर्किने छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा बुधबार बिहान नेपाल आएका उनले सरकारका विभिन्न […] ...

काठमाण्डुपाटी
तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंग
Latest NewsJust now

तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंग

बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन् । त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ । फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ ।  सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play