Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतीय विदेश सचिव मिस्री आज काठमाडौं आउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय विदेश सचिव मिस्री आज काठमाडौं आउँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउदैछन् । परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नोभेम्बर ४ देखि ५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच लामो समयदेखि रहँदै आएको निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुनेछ । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । मिस्री नोभेम्बर ५ मा काठमाडौं हुँदै नयाँदिल्ली फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । The post भारतीय विदेश सचिव मिस्री आज काठमाडौं आउँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत
Latest NewsJust now

ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत

सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ। ...

कान्तिपुर
महिलाको हत्यामा संलग्न चार जना पक्राउ
Latest NewsJust now

महिलाको हत्यामा संलग्न चार जना पक्राउ

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित... ...

सिंहदरबार न्युज
तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा
Latest NewsJust now

तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा

मुस्ताङ समाचारदाता मुस्ताङ (मुक्तिनाथ), कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि मुस्ताङबाट १५ सयभन्दा बढी भेडाच्याङग्रा बिक्री भएको छ । दसैंमा १४ हजार भेडाच्याङ्... ...

गोरखापत्र
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
Latest NewsJust now

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

पोखरा । संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play