प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह आइतबार अपराह्न नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, भारतीय विदेश मन्त्री एस. जयशंकरले आइतबार नै भेट गर्ने कार्यक्रम रहेको छ । सोमवार प्रधानमन्त्री साहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, लगानी तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमवार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय विदेश मन्त्रीले प्रधानमन्त्री बालेनसँग आजै भेटवार्ता गर्ने

Read Complete Original Article
Published originally on पर्दाफास






