Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

एसिया कप राइजिङ स्टार्स : यूएईमाथि नेपाल ६ विकेटको विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप राइजिङ स्टार्स : यूएईमाथि नेपाल ६ विकेटको विजयी
Photo / Coverage: पर्दाफास

एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आइतबारको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)माथि नेपाल ६ विकेटले विजयी भएको हो । १२२ रनको लक्ष्य पछ्यााएकाे नेपालले २२ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १२३ रन बनाएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए । यूएईलाई १२१ रनमा अलआउट गरेको नेपालले पाएको १२२ रनको लक्ष्य पछ्याउनेक्रममा ओपनर भुर्तेलले ५६ बलको सामना गरेर सर्वाधिक ५७ रन बनाएका हुन् । भुर्तेलले अर्धशतक बनाउँदा पाँच चौका र एक छक्का हिर्काए। मयन यादवले चार चौका र एक छक्काको मद्दतमा २७ रन जोडे । बसिर अहमेदले नटआउट ३१ बलमा १८ रन बनाए भने पवन सरार्फले ९ रन थपे । अर्जुन कुमाल ५ बलमा पेभिलियन पर्किँदा देव खनाल डक आउट भएका थिए । बलिङतर्फ नेपालविरुद्ध मोहमद मोसिनले दुई विकेट हात पार्दा उद्द्धिस सुरी र अनिष टन्डनले एकएक विकेट हात पारे । टस जितेर फिल्ड रोजेको नेपालले ४० ओभरको अन्तिम बलमा १२१ रन बनाएको यूएईलाई अलआउट गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड
OthersJust now

पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड

नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । ...

अनलाइन खबर
लुसियाको प्रवेश किन विशेष छ, गेमिङ दुनियाँमा महिला पात्रको स्थान कति ?
OthersJust now

लुसियाको प्रवेश किन विशेष छ, गेमिङ दुनियाँमा महिला पात्रको स्थान कति ?

‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) भिडियो गेम शृंखलाको छैटौं संस्करण धेरै हिसाबले विशेष छ । यो गेमको प्रतीक्षा खेलाडीहरूले १३ वर्षदेखि गरिरहेका छन् । अहिलेसम्मकै महँगो गेम मानिएको यसले व्यावसायिक रूपमा पनि ठूलो सफलता हासिल गर्ने अनुमान गरिएको छ । तर, करिब ३० वर्ष पुरानो लोकप्रिय गेम शृंखलामा पहिलोपटक महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिनु पनि… ...

अनलाइन खबर
पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो
OthersJust now

पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो

मन्दिरमा भक्तजनको भीड थियो । घण्टी बजिरहेका थिए । पूजा चलिरहेको थियो । देवीको दर्शन गर्न टाढाटाढाबाट मानिसहरू आइरहेका थिए । तर, यसपटक त्यो मन्दिरमा एउटा पुरानो दृश्य थिएन । न बाख्रा थिए, न भेडा । करिब १५० वर्षदेखि देवीको पूजासँग जोडिँदै आएको पशुबलिको परम्परा यसपटक रोकिएको थियो। देवीको पूजा भने रोकिएको थिएन । धार्मिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement