Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री बालेनको आह्वान
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै दुई देशबीच भएका समझदारी र अघि बढाइएका पूर्वाधार आयोजनाबाट नागरिकले प्रत्यक्ष आर्थिक तथा सामाजिक लाभ पाउनुपर्ने बताएका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यले भएको छलफलबाट विभिन्न क्षेत्रमा महत्वपूर्ण समझदारी भएको उल्लेख गरे । ती समझदारी तथा अघि बढाइएका पूर्वाधार आयोजनाले किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीको सपनामा नयाँ क्षितिज तथा उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । ‘आज भएका समझदारी र अघि बढाइने आयोजनाको परिणाम किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर तथा विद्यार्थीको सपनामा नयाँ क्षितिजका रूपमा देखिनुपर्छ,’ प्रधानमन्त्री शाहले भने, ’उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका ठोस अवसर सिर्जना हुनुपर्छ ।’ नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अहिलेको ऐतिहासिक उपलब्धिलाई कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री शाहले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्दै भारतीय लगानीकर्तालाई नेपालको आर्थिक समृद्धिमा साझेदार बन्न आग्रह गरे । उनले दुई देशका नागरिकको सहजताका लागि सहरहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने र नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने बताए । यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र नवप्रवर्तन केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । नेपालको युवा पुस्ताको क्षमता विकास तथा दुई देशबीच शैक्षिक र प्रविधि सहकार्य विस्तार गर्ने उद्देश्यले यी संरचना स्थापना गर्न लागिएको उनले बताए । मोदीले नेपालका युवामा प्रतिभा, ऊर्जा र ठूला सपना रहेको उल्लेख गर्दै उनीहरूको सपना साकार पार्न भारत साझेदार बन्न प्रतिबद्ध रहेको बताए । भारतमा नेपाली विद्यार्थीका लागि कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसर विस्तार गर्ने घोषणा पनि उनले गरे । त्यसैगरी, नेपालमा खाद्य प्रशोधन तथा कृषिजन्य उत्पादनको मूल्य अभिवृद्धि गर्न कृषि–औद्योगिक पार्क विकासमा सहकार्य गर्ने मोदीले बताए । यसअघि जारी संयुक्त प्रेस विज्ञप्तिमा पनि भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने उल्लेख छ । दुई देशका युवा सिर्जनशील व्यक्तिलाई चलचित्र, आधुनिक प्रविधि र नयाँ सञ्चार माध्यममार्फत साझा सम्पदा विश्वसामु प्रस्तुत गर्ने अवसर विस्तार गर्न भारतले सहयोग गर्ने मोदीले बताए । आगामी वेभ्स सम्मेलनमा नेपाली प्रतिनिधिको ठूलो सहभागिता सुनिश्चित गर्ने पनि उनले उल्लेख गरे । खेलकुद, विशेषगरी क्रिकेटमा समेत सहकार्य विस्तार गर्ने भारतको योजना छ । नेपालमा खेल पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा सहयोग गर्ने मोदीले बताए । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशका नेताले सीमापार सम्पर्क सञ्जाल, ऊर्जा तथा पूर्वाधारसँग सम्बन्धित ६ वटा प्रमुख आयोजनाको संयुक्त उद्घाटन तथा शिलान्याससमेत गरेका छन् । भ्रमणका क्रममा ऊर्जा, यातायात, शिक्षा, कृषि, प्रविधि र अन्य क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा
OthersJust now

चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा

चीनले गरिबी निवारणका क्षेत्रमा हासिल गरेको उपलब्धि अफ्रिकी मुलुक तथा विश्व दक्षिणका विकासशील राष्ट्रहरूका लागि दिगो विकास र आधुनिकीकरणको दिशामा उपयोगी अनुभव बन्न सक्ने विशेषज्ञहरूले बताएका छन् । ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने
OthersJust now

दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार रंगशालाको उद्घाटन एवम हस्तान्तरण गरिएको छ । प्रतिस्पर्धा मंगलबारदेखि हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ

‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ खनालले भने । ...

अनलाइन खबर
खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन
OthersJust now

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताएका हुन्। स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement