Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारतसँगका पुराना सन्धि-सम्झौता पुनरवलोकनको बाटो खोलेर आएका छौं : परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँगका पुराना सन्धि-सम्झौता पुनरवलोकनको बाटो खोलेर आएका छौं : परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणसँगै नेपाल र भारतबीचका पुराना सन्धि तथा सम्झौता पुनरवलोकन गर्ने बाटो खुलेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते नयाँ दिल्लीमा सम्पन्न भ्रमणपछि सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमण फलदायी र सकारात्मक रहेको जानकारी दिनुभयो । दुई देशबीच भविष्यमुखी साझेदारी अघि बढाउन १० मुख्य स्तम्भसहितको संयुक्त दृष्टिकोणपत्र सार्वजनिक भएको छ । ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ नामक उक्त दस्तावेजले दुई देशको सम्बन्धलाई आधुनिक, नतिजामुखी र युवाको आकांक्षामा आधारित बनाउने लक्ष्य लिएको छ । परराष्ट्रमन्त्री खनालका अनुसार विगतमा आआफ्नो ढंगले धारणा राख्ने चलन रहेकामा यसपटक दुवै देशले संयुक्त वक्तव्य जारी गर्नु भ्रमणको महत्त्वपूर्ण उपलब्धि हो । उहाँले लामो समयपछि नेपाल र भारतबीचको सम्बन्ध सम्भावनायुक्त र सकारात्मक लयमा फर्किएको विश्वास व्यक्त गर्नुभयो । दुवै देशका प्रधानमन्त्रीबीच वर्तमान राजनीतिक, आर्थिक र प्राविधिक यथार्थअनुसार द्विपक्षीय सम्बन्धलाई अद्यावधिक कानुनी संरचनामा लैजाने सहमति भएको छ । सोहीअनुसार सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका पुराना सन्धि र सम्झौता आपसी सहमतिका आधारमा पुनरवलोकन गर्न सकिने संयुक्त दृष्टिकोणपत्रमा उल्लेख छ । जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी बाँकी विषय आपसी छलफल र संवादबाट टुंगो लगाउने सहमति भएको छ । सीमा विवाद समाधानका लागि उच्च तहमा संवाद गर्न दुवै प्रधानमन्त्रीले निर्देशन दिनुभएको र सोहीअनुसार विदेश सचिवहरूलाई अघि बढ्न भनिएको परराष्ट्रमन्त्री खनालले बताउनुभयो ।प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै मोदीले अनुकूल समयमा नेपाल आउने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री खनालले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको थियो । नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनका विषयवस्तु पनि द्विपक्षीय छलफलमा समेट्न भारत सरकार तयार रहेको परराष्ट्रमन्त्री खनालले बताउनुभएको छ । पहिलो स्तम्भअन्तर्गत भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’ को लक्ष्य जोडेर आर्थिक सहकार्य विस्तार गरिनेछ । व्यापार तथा लगानीसम्बन्धी संरचना पुनरवलोकन गर्ने, नयाँ पारवहन तथा हवाई मार्ग खोल्ने र सीमा नजिकै निर्यातमुखी उत्पादनका लागि विशेष आर्थिक क्षेत्र (सेज) तथा आईटी पार्क बनाउन सहकार्य गरिनेछ । यी सबै काम छिटो अघि बढाउन नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाइनेछ । कम्तीमा छ महिनामा एकपटक बस्ने यो संयन्त्रले दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने नेपाल–भारत संयुक्त आयोगमा प्रतिवेदन बुझाउनेछ । संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
Latest NewsJust now

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

• नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। • आज देशभर मौसम मुख्यतया सफा रहनेछ, तर राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। • तराई, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। ...

नेपालबहस
उग्रतारामा आज भव्य मेला लाग्दै
Latest NewsJust now

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि ...

नेपालन्युज
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन ...

हिमालय टाइम्स
प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement