काठमाडौं । भारतले फेरि एकपल्ट मंगलबार साफ च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो । पाकिस्तानले पहिलो हाफको अन्त्यतिर मिडफिल्डर अलामगिर घाजीको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा सुशील भाटले भारतका लागि बराबरी गोल गरे । जुनइद खान रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहेपछि पाकिस्तान दस खेलाडीमा सीमित रह्यो । यहींबाट खेल भारतको पक्षमा मोडिएको हो । खेलको ८८ औं मिनेटमा भारत लागि अब्दुल रबेहले भारतका लागि दोस्रो तथा निर्णायक गोल गरे । भारतले दक्षिण एसियाली पुरुष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो कीर्तिमान दसौं पल्ट हो ।
भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






