Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’
Photo / Coverage: नेपालन्युज

नयाँ दिल्ली। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार भारत सरकारले सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बालेनलाई सम्मानस्वरूप गार्ड अफ अनर दिइएको हो। समारोहस्थलमा पुगेका मोदीले प्रधानमन्त्री शाहलाई अङ्गालो हालेर स्वागत गरेका थिए। त्यसपछि उनलाई सैनिक सम्मान प्रदान गरिएको थियो। दुईदिने भारत भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहको कार्यतालिका व्यस्त छ। उनले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेका थिए। सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय भेटवार्ता र अन्य महत्त्वपूर्ण कार्यक्रम तय भएका छन्। हैदराबाद हाउसमा द्विपक्षीय वार्ता सुरु हुनुअघि प्रधानमन्त्री शाहले मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादस्वरूप रुद्राक्ष, शालिग्राम र मन्दिरको चन्दन रहेको उपहार सेट प्रदान गरेका छन्। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गङ्गाजलसहितको घडा उपहार दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१० वर्षभित्र कोशीको बालुवा उपयोग गर्न नसके देशकै लागि भार बन्छ : उद्योगमन्त्री साह
Latest NewsJust now

१० वर्षभित्र कोशीको बालुवा उपयोग गर्न नसके देशकै लागि भार बन्छ : उद्योगमन्त्री साह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र... ...

रातोपाटी
दिल्लीमा प्रधानमन्त्री शाहको सम्बोधन: नेपाल-भारतको मित्रता हिमालय जत्तिकै अग्लो, नदी जस्तै निरन्तर
Latest NewsJust now

दिल्लीमा प्रधानमन्त्री शाहको सम्बोधन: नेपाल-भारतको मित्रता हिमालय जत्तिकै अग्लो, नदी जस्तै निरन्तर

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतको मित्रता हिमालय जत्तिकै अग्लो र नदी जस्तै निरन्तर रहेको बताएका छन्।  भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशको सम्बन्ध अझ बलियो बनाउनुपर्ने बताए। पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहको प्रशंसा गरेका थिए।  प्रधानम... ...

नेपालखबर
भारतसँगको समझदारी र परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ : प्रधानमन्त्री शाह
Latest NewsJust now

भारतसँगको समझदारी र परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ : प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहले भने, 'हाम्रा युवाको हातमा रोजगारी र अवसर पुग्नुपर्छ । विद्यार्थीका सपनाले नयाँ क्षितिज पहिल्याउनुपर्छ । उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका ठोस अवसर सिर्जना हुनुपर्छ ।' ...

कान्तिपुर
प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुँदै

नयाँ दिल्ली (भारत), मङ्सिर ७ गते । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय द्व... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement