Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारतको १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकता अनुसार उपयोग गरिने : अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकता अनुसार उपयोग गरिने : अर्थमन्त्री वाग्ले
Photo / Coverage: टक्सार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट प्राप्त १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल लिनुपर्ने नभई आयोजना र आवश्यकताअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले नेपालले ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा प्राप्त गरेको जानकारी दिए। उक्त ऋण विशेषगरी ऊर्जा तथा पूर्वाधार विकासमा उपयोग गरिने उहाँको भनाइ छ। नेपालमा ४० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेकाले प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा यसको उपयोग प्रभावकारी हुने उहाँले बताउनुभयो। ऋणको ब्याजदर, अवधि र ग्रेस पिरियडबारे भारतसँग प्राविधिक छलफल हुन बाँकी रहेको उल्लेख गर्दै उहाँले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यसैगरी, अर्थमन्त्री वाग्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई रुट उपलब्ध हुनु नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताउनुभयो। आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए। भारतले नेपालको १२५ किलोमिटर भूमि किनेको र बागडोगरा विमानस्थलसँग सम्बन्धित समाचारहरू निराधार र भ्रामक रहेको उनले स्पष्ट पारे । सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजना नयाँ नभएको भन्दै उनले सन् २००४ देखि नै नेपाल र भारतबीच संयुक्त अध्ययन हुँदै आएको बताए। आयोजनाको अध्ययन तथा डीपीआर तयारीका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय स्थापना गरिएको उनको भनाइ छ। त्यस्तै, ‘विकसित भारत र समुन्नत नेपाल’ भिजन डकुमेन्टले दुई देशबीचको सहकार्यलाई व्यवस्थित र संस्थागत गर्ने उहाँले बताउनुभयो। यसमा समेटिएका १० वटा स्तम्भ नै कार्यक्षेत्र भएकाले छुट्टै पञ्चवर्षीय योजना आवश्यक नरहेको उनको तर्क छ। कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा पर्यटनलगायतका क्षेत्र समेटिएको उक्त दस्तावेजले नेपालको विद्यमान नीति, आवधिक योजना र बजेटलाई विस्थापित नगर्ने पनि उनले स्पष्ट पारे। मंगलबारको अर्थ समिति बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफलसमेत भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संसद्‌कै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सांसदले दिए राजीनामा
Latest NewsJust now

संसद्‌कै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सांसदले दिए राजीनामा

काठमाडौं । यौन दुर्व्यवहारसम्बन्धी आरोपमा छानबिन समितिले विश्वसनीय प्रमाण फेला पारेपछि अमेरिकी सांसद जिमी गोमेजले संसद् सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद गोमेजले आगामी डिसेम्बर १ देखि लागू हुने गरी राजीनामा दिने बताएका हुन् । अमेरिकी प्रतिनिधिसभाको नैतिकता समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उनले संसद्कै एक महिला कर्मचारीमाथि अनिच्छित यौन प्रस्ताव र दुर्व्यवहार गरेको विश्वसनीय ...

केन्द्रबिन्दु
अमेरिकासँगको वार्तामा इरानको अडान कायमै : सात सर्त पूरा नभएसम्म छलफल नहुने
Latest NewsJust now

अमेरिकासँगको वार्तामा इरानको अडान कायमै : सात सर्त पूरा नभएसम्म छलफल नहुने

तेहरान । इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँगको वार्ताका विषयमा इरानको अडान नबदलिएको दोहोर्‍याउँदै अमेरिकी धम्की र अपमानलाई ‘अमेरिकी हतासाको सङ्केत’ को संज्ञा दिएका छन् । इस्लामिक रिभोलुसनरी... ...

रातोपाटी
चलचित्र कानुनलाई बदलिँदो समयअनुसार संशोधन गर्न सांसदको जोड
Latest NewsJust now

चलचित्र कानुनलाई बदलिँदो समयअनुसार संशोधन गर्न सांसदको जोड

सांसदहरूले चलचित्र विधेयक, २०८१ लाई बदलिँदो समयअनुसार, संशोधन गर्नुपर्नेमा जोड दिएका छन्। संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसदहरूले चलचित्र सेन्सर, वर्गीकरण, अभिव्यक्ति स्वतन्त्रता, लैंगिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व, चलचित्र विकास बोर्डको स्वायत्तता र संघ, प्रदेश तथा स्थानीय तहको अधिकार बाँडफाँटलगायत विषयमा संशोधन तथा सुझ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement