Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भारतको केरलमा जन्मिएकी नित्या रमन बनिन् अमेरिकाको लस एन्जलसको मेयर

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको केरलमा जन्मिएकी नित्या रमन बनिन् अमेरिकाको लस एन्जलसको मेयर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतीय मूलकी नित्या रमन लस एन्जलसको मेयरमा निर्वाचित हुँदै इतिहास रचेकी छन् । केरलमा जन्मिएकी रमन अमेरिकी सहर एन्जलसको पहिलो भारतीय–अमेरिकी तथा पहिलो दक्षिण एसियाली मेयर बनेकी छन् । लस एन्जलस काउन्टीको पछिल्लो अनौपचारिक नतिजाअनुसार रमनले चार लाख ६० हजार ७७२ मत (५२.७० प्रतिशत) प्राप्त गरेकी छन् भने वर्तमान मेयर केरेन बासले चार लाख १३ हजार ५१९ मत (४७.३० प्रतिशत) पाएकी छन् । बासले हार स्वीकार गर्दै रमनलाई बधाई दिएकी छन् र सत्ता हस्तान्तरण सहज बनाउने प्रतिबद्धता जनाएकी छन् । सन् २०२० मा लस एन्जलस सिटी काउन्सिलमा निर्वाचित रमनले चुनावी अभियानमा किफायती आवास, घरबारविहीनको समस्या, सार्वजनिक सेवामा सुधार र प्रहरी व्यवस्थापनलाई प्रमुख मुद्दा बनाएकी थिइन् । हार्वर्ड विश्वविद्यालयबाट स्नातक र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)बाट सहरी योजनामा स्नातकोत्तर गरेकी रमन राजनीतिमा आउनुअघि घरबारविहीनका लागि काम गर्ने संस्था ‘सेलाह नेबरहुड होमलेस कोएलिसन’ की सहसंस्थापक थिइन् । निर्वाचित भएपछि उनले लस एन्जलसको आगामी मेयर बन्न पाउनु ठूलो सम्मान भएको बताइन् । रमनको भारतसँगको सम्बन्ध पारिवारिक पृष्ठभूमिमा मात्र सीमित छैन । सन् १९८१ मा केरलको थ्रिशुरमा जन्मिएकी उनले ६ वर्षको उमेरमा परिवारसँग अमेरिका बसाइँ सर्नुअघि बाल्यकालको केही समय केरलको थिरुवनन्तपुरममा बिताएकी थिइन् । उनका बुबा भेन्किटरमनले केल्ट्रन र आमा सुधा केचेरीले इन्डियन ओभरसिज बैंकमा काम गरेको बताइएको छ । सन् २००३ मा हार्वर्ड विश्वविद्यालयमा अध्ययन पूरा गरेपछि रमन दिल्ली पुगेकी थिइन् । त्यहाँ उनले सुकुम्बासी तथा अनधिकृत बस्तीका बासिन्दाको प्रतिनिधित्व गर्ने संस्थाहरूसँग काम गरेकी थिइन् । कमनवेल्थ खेलकुदको तयारीका क्रममा निष्कासनको जोखिममा परेका दिल्लीका बस्तीवासीसँग पनि उनले नजिकबाट काम गरेकी थिइन् । रमनले न्युयोर्क सिटीका मेयर जोहरान ममदानीसँग आफ्नो तुलना गरिनुलाई धेरै हदसम्म स्वीकार गरेकी छन् । तर, आफूलाई ममदानीको ‘वेस्ट कोस्ट संस्करण’का रूपमा चित्रण गरिएको भने अस्वीकार गरेकी छन् । ‘भ्यानिटी फेयर’ सँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, “म फरक छु । म आफैँ हुँ ।” चुनाव प्रचार अभियानमा घरबारविहीनको समस्या प्रमुख मुद्दा बनेको थियो । यस विषयमा मतदाताको चिन्ता र उम्मेदवारका प्रतिबद्धता चुनावी बहसका केन्द्रमा रहेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य
Latest NewsJust now

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ । ...

कान्तिपुर
मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल
Latest NewsJust now

मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल

काठमाडौं । मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन्। मिलर ट्रम्पको कडा आप्रवासन नीतिका प्रमुख पात्रमध्ये एक हुन्। मिलरको नियुक्तिसँगै ह्वाइट हाउसमा यो महत्त्वपूर्ण पदमा सुजी विल्सको स्थानमा नयाँ अनुहार आएको छ। रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनको नियन्त्रण गुमाएपछि विल्सले आफ्नो पदबाट राजीनामा दिएका हुन्। यो हारले ह्वाइट हाउसमा ...

केन्द्रबिन्दु
तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो
Latest NewsJust now

तीन वर्षमै ७९ देशमा पुग्यो ओमोडा एण्ड जेइकु, बिक्री १४ लाख नाघ्यो

काठमाडौं । चीनको वुहुमा आयोजना गरिएको ओमोडा एण्ड जेइकुको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न भएको छ । अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको समिटमा विश्वभरका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदार सहभागी भएका थिए। समिटमा कम्पनीले आफ्ना नयाँ प्रविधि, सवारी साधन र भविष्यको स्मार्ट मोबिलिटीसम्बन्धी योजना प्रस्तुत गरेको थियो । समिटको मुख्य […] ...

लोकपथ
अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न
Latest NewsJust now

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ, कात्तिक २१ गते । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play