Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, काठमाडौंका कुन कुन रुटमा चल्छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, काठमाडौंका कुन कुन रुटमा चल्छ ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भाइटीकाको दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ । सर्वसाधारणलाई सहज आवतजावतको सुविधा दिने उद्देश्यले सञ्चालन गरिएको बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उपलब्ध हुनेछ । सशस्त्र प्रहरीका अनुसार दुईवटा बस प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु तथा सीतापाइला, कलंकीलगायत क्षेत्रमा सञ्चालन हुनेछन् । त्यस्तै, अर्को बस स्वयम्भूदेखि भक्तपुरसम्म चल्नेछ । यसले कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः स्वयम्भूसम्म सेवा दिनेछ । चाडपर्वका बेला सार्वजनिक सवारीसाधन न्यून चल्ने भएकाले यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
Latest NewsJust now

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग ...

कर्पोरट खबर
तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
Latest NewsJust now

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर।भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई ...

नेपालन्युज
टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?
Latest NewsJust now

टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने साझा मञ्च... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play