काठमाडौं । भाइटिकाको दिन काठमाडौं उपत्यकामा असिना पानी परिरहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भेगमा मौसम धुम्मिएको हो। तर दिउँसो अबेरतिरबाट मौसम क्रमश :खुल्दै जाने पूर्वानुमान गरिएको छ । अहिले काठमाडौँको तापक्रम १९ डिग्री सेल्सीयस रहेको छ र हल्का छिटपुट वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा आकाश बादलले ढाकिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू – भागमा साधारणतया बदली रहने र केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ । देशका अधिकांश तराईका जिल्लाहरूमा मौसम मुख्यतया सफा रहेको छ, यद्यपि कोशी र मधेश प्रदेशका एक, दुई स्थानमा हल्का बदली हुन सक्छ । The post भाइटिकाको दिन काठमाडौं उपत्यकामा असिना पानी पर्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भाइटिकाको दिन काठमाडौं उपत्यकामा असिना पानी पर्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






